२०८३ कार्तिक १५ गते शनिवार

सिन्धुलीमा एसबीआई बैंक लुटपाट: साढे दुई करोडभन्दा बढी रकम बरामद, योजनाकारसहित सात जना पक्राउ

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ ३
photo-1_3093b6c8

रामेछाप: सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ हायुटारस्थित नेपाल एसबिआई बैँक शाखामा भएको डकैती प्रकरणमा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पत्रकार सम्मेलन गर्दै घटनाको विस्तृत विवरण सार्वजनिक गरेको हो। प्रहरीका अनुसार गत पुस २९ गते साँझ करिब ७ः३० बजे योजनाबद्ध रूपमा बैँकभित्र प्रवेश गरेको डकैत समूहले सुरक्षा गार्ड र कर्मचारीलाई नियन्त्रणमा लिँदै करिब ३ करोड ७ लाख रुपैयाँ लुटेको थियो।

डकैतहरूले खुकुरी देखाएर गार्ड र कर्मचारीलाई धम्क्याउँदै हातखुट्टा बाँधेका थिए भने मुखमा टेप टाँसिएको थियो। प्रतिकारको प्रयास गर्दा सुरक्षा गार्डमाथि खुकुरी प्रहारसमेत गरिएको र उनी सामान्य घाइते भएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय बस्तीपुरबाट खटिएको टोली घटनास्थलमा पुग्दा गार्ड र कर्मचारी दुई छुट्टाछुट्टै कोठामा बाँधिएको अवस्थामा फेला परेका थिए। उनीहरूको तत्काल उद्धार गरी उपचार तथा सुरक्षाको व्यवस्था मिलाइएको थियो।

घटनाको गम्भीरतालाई ध्यानमा राख्दै प्रहरी उपरीक्षकको कमाण्डमा ५० जनाको विशेष टोली परिचालन गरिएको थियो। सम्भावित नाकाहरूमा कडा निगरानी राख्दै व्यापक खोजतलास अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ। खोजतलासकै क्रममा घटनास्थलबाट करिब सात किलोमिटर पूर्व लिपिखोलामा बि ए डि ०३९८ नम्बरको टाटा सुमो र चालक भगवत सिंह थापा फेला परेका थिए। प्रारम्भिक सोधपुछमा बनेपाबाट विवाहको प्रयोजन भन्दै सवारी साधन रिजर्भ गरिएको खुलेपछि चालकलाई नियन्त्रणमा लिइएको थियो।

त्यसै राति जंगलका विभिन्न स्थानमा बोरा र झोलाभित्र लुकाइएको १ करोड ५० लाख रुपैयाँभन्दा बढी नगद बरामद गरिएको प्रहरीले जनाएको छ। भोलिपल्ट थप चार जना पक्राउ परेपछि उनीहरूको बयानका आधारमा अन्य लुकाइएको रकमसमेत बरामद गरिएको हो। अनुसन्धानबाट घटनामा स्थानीय दुई जनाले योजनाकारको भूमिका खेलेको खुलेको छ। प्रहरीका अनुसार घ्याङलेख गाउँपालिका–२ का छविलाल स्याङ्तान र चतुरमान बज्जु घटनाका मुख्य योजनाकार रहेको पुष्टि भएको छ।

छविलाल स्याङ्तानलाई धरानबाट पक्राउ गरिएको हो भने चतुरमान बज्जुलाई घ्याङलेख–२ को जंगल क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरूले असोज महिनादेखि नै बैँकको गतिविधि, सुरक्षा व्यवस्था र रकमको अवस्थाबारे जानकारी संकलन गर्दै आएका थिए।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक जिल्ला साविक उपत्यारा जगन्नाथ गाविस–२ घर भई हाल बनेपा नगरपालिका–१० बस्ने सवारी चालक भगवत सिंह थापा, सिन्धुली घ्याङलेख–२ का चतुरमान बज्जु र छविलाल स्याङ्तान, चितवन भरतपुर महानगरपालिका–२ का शशांक श्रेष्ठ, नुवाकोट पंचकन्या गाउँपालिका–५ का मिलन गिरी र विवेक मगर रहेका छन्। साथै एक जना १६ वर्षे नाबालक पनि संलग्न रहेकाले उनको नाम गोप्य राखिएको प्रहरीले जनाएको छ।

प्रहरीले हालसम्म २ करोड ६६ लाख ५५ हजार १ सय ७५ रुपैयाँ नगद, दुई थान खुकुरी, एक थान नक्कली प्लास्टिकको पेस्तोल, पाँच थान मोबाइल, नकाब तथा अन्य सामग्री बरामद गरेको छ। पक्राउ परेकाहरूविरुद्ध चोरी तथा डाँका सम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। घटनापछि जिल्लाभर सुरक्षा सतर्कता थप कडा पारिएको प्रहरीले जनाएको छ।

प्रकाशित: २०८२ माघ ३ गते शनिवार ०२:००
प्रतिक्रिया

थप समाचार

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...

‘मिनी टिलर’ गोरुको विकल्प बन्दै

भोजपुर। दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पकारुपमा मिनी टिलरको प्रयोग बढ्दै जान थालेको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको सिद्धकाली सप्लार्यसका प्रोपाइटर बाजिम मगरले...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना