२०८३ कार्तिक १५ गते शनिवार

प्रतिनिधिसभा निर्वाचन: एमालेबाट १४०, नेकपाबाट २१ र रास्वपाबाट ८ उम्मेदवार पक्का, को कहाँबाट?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ ४
nirbachan-aaayog

काठमाडौँ: आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले अधिकांश क्षेत्रका लागि उम्मेदवार छुट्याएको छ। शनिबार पार्टी कार्यालय च्यासलमा सम्पन्न सचिवालय बैठकले १४० क्षेत्रका लागि उम्मेदवारको टुंगो लगाएर बाँकी २५ उम्मेदवार टुंगो लगाउने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई छाडेको छ।

एमालेले आगामी निर्वाचनपछिको प्रधानमन्त्रीका रूपमा झापा ५ बाट अध्यक्ष ओलीलाई अगाडि सारेको छ। इलाम २ बाट सुहाङ नेम्वाङ, झापा २ बाट देवराज घिमिरे, भोजपुरबाट शेरधन राई, धनकुटाबाट राजेन्द्र राई, तेह्रथुमबाट भानुभक्त ढकाल, धनुषा २ बाट उमाशंकर अग्रहरि, धनुषा ३ बाट जुली महतो, रघुवीर महाशेठ धनुषा ४ बाट, लक्ष्मी महतो कोइरी महोत्तरी १ बाट चुनाव लड्ने भएका छन्।

यसैगरी सर्लाही ३ बाट हरि उप्रेती, किसान श्रेष्ठ बारा ४ बाट, पार्वत गुरुङ दोलखाबाट, महेश बर्तौला मकवानपुर २ बाट, महेश बस्नेत भक्तपुर २ बाट, पृथ्वी सुब्बा गुरुङ लमजुङबाट, पदम गिरी पर्वतबाट, बासुदेव घिमिरे रूपन्देही ३ बाट, प्रदीप ज्ञवाली गुल्मी १ बाट र गोकर्ण बिष्ट गुल्मी २ बाट चुनाव लड्ने गरी नाम टुंगो लागेको छ।

यस्तै गुलाबजंग शाह सल्यान, सूर्यबहादुर थापा कैलाली २, गौरीशंकर चौधरी कैलाली ३, लेखराज भट्ट कैलाली ४, दामोदर भण्डारी बैतडी र गणेशसिंह ठगुन्ना दार्चुलाबाट चुनाव लड्ने भएका छन्।

हालै सम्पन्न एमालेको ११औँ महाधिवेशनमा नेतृत्वका लागि ओलीविरुद्ध उम्मेदवारी दिएका ईश्वर पोखरेलसहित उनका पक्षका अधिकांश नेताहरूको नाम भने उम्मेदवारका रूपमा अघि बढाइएको छैन।

एमालेले काठमाडौँ–५ बाट उम्मेदवार भएका ईश्वर पोखरेल र ताप्लेजुङबाट यसअघि सांसद जितेका योगेश भट्टराईलगायतको नाम उम्मेदवारका रूपमा सारेको छैन।

यसैगरी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पनि २१ क्षेत्रबाट उम्मेदवार छनोट गरेको छ। फागुन २१ मा हुने निर्वाचनका लागि प्रचण्ड रुकुम पूर्व पुगेका छन्।

माधवकुमार नेपाल रौतहट १, नारायणकाजी श्रेष्ठ सर्लाही ३, वामदेव गौतम बर्दिया १, भीम रावल अछाम १, वर्षमान पुन रोल्पा, प्रकाश ज्वाला सल्यान, रेणु दाहाल चितवन ३, सुमन सायमी काठमाडौँ ८ बाट चुनाव लड्ने भएका छन्।

यस्तै बिना मगर  कञ्चनपुर १, रञ्जित तामाङ झापा ५, प्रेम आले कैलाली ५, माधव सापकोटा सिन्धुपाल्चोक १ र लेखनाथ न्यौपाने गोरखा २ बाट चुनाव लड्नेछन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि ८ उम्मेदवार टुंगाएको छ। सभापति रवि लामिछाने चितवन २ र आगामी निर्वाचनपछि प्रधानमन्त्रीका रूपमा अघि सारिएका बालेन्द्र साह झापा ५ बाट चुनाव लड्दैछन्।

डीपी अर्याल काठमाडौँ ९, स्वर्णिम वाग्ले तनहुँ १, विराजभक्त श्रेष्ठ काठमाडौँ ८ र हरि ढकाल चितवन १ बाट पक्का भएका छन्।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेन्द्र लिङ्देन झापा ३, जनमतबाट सीके राउत सप्तरी २ र उज्यालो नेपाल पार्टीबाट कुलमान घिसिङ, काठमाडौँ ३ बाट चुनाव लड्नेगरी उम्मेदवारको टुंगो लागेको छ।

यस्तो छ हालसम्मा टुंगो लागेका उम्मेदवारहरूको सूची

नेकपा एमाले

सुदूरपश्चिम प्रदेश
कैलाली
१-द्वारिकाप्रसाद न्यौपाने,
२-सूूर्यबहादुर थापा
३-गौरीशंकर चौधरी
४-लेखराज भट्ट
५-यज्ञराज ढुंगाना

कञ्चनपुर
१- कमला बोहोरा
२-बचनबहादुर सिंह
३-दीपक भट्ट
अछाम
१-झपटबहादुर बोहोरा
२-यज्ञबहादुर बोगटी,
बाजुरा-लालबहादुर थापा,
डोटी-दीपक धामी
डडेलधुरा -चक्र स्नेही
बझाङ-अफिलाल ओखेडा
बैतडी-दामोदर भण्डारी
दार्चुला-गणेशसिंह ठगुन्ना

कर्णाली प्रदेश

सल्यान-गुलाबजंग शाह

रुकुम पश्चिम-नन्दराम देवकोटा

सुर्खेत

१- धुर्व शाही
२-कुलमणि देवकोटा

कालिकोट- नागेन्द्र शाही (नेसनल)

जुम्ला -शान्तिबहादुर महत

मुगु-पूर्णबहादुर रोकाया

हुम्ला-दल फडेरा

डोल्पा- लंक रोकाया

दैलेख

१- रवीन्द्रराज शर्मा
२- लक्ष्मीराज शर्मा

जाजरकोट-डम्मरबहादुर सिंह

लुम्बिनी प्रदेश

नवलपरासी

१-रामप्रसाद पाण्डे
२- भगवतीप्रसाद यादव

रुपन्देही
३- बासुदेव घिमिरे
५- खिमलाल भट्टराई

कपिलवस्तु

१- विश्राम चौधरी

३-वीरेन्द्र कडौनिया

दाङ

३-घनश्याम पाण्डे

बाँके

१- सूर्य ढकाल
३-दलबहादुर सुनार

बर्दिया

१- सालिकराम अधिकारी
२- विमला विक

पाल्पा

१- नारायण आचार्य
२- विष्णुप्रसाद पोडेल

रोल्पा-गोकुल घर्ती

प्यूठान-सूर्यबहादुर थापा

अर्घाखाँची-पिताम्बर भुसाल

गुल्मी

१- प्रदीप ज्ञवाली
२-गोकर्ण बिष्ट

गण्डकी प्रदेश

नवलपुर

१- भागीरथ सापकोटा
२- तिलबहादुर (तिलक)महत क्षेत्री

गोरखा

१- आर.सी. लामिछाने
२- मिलन गुरुङ

लमजुङ-पृथ्वी सुब्बा गुरुङ

तनहुँ

१-भगवती न्यौपाने
२- केदार सिग्देल

स्याङ्जा

१-मिनप्रसाद गुरुङ
२- खिमबहादुर थापा

म्याग्दी-हरिकृष्ण श्रेष्ठ

कास्की

१- बैणबहादुर क्षेत्री
२- कृष्ण थापा
३- दामोदर बैरागी

बागलुङ

१- हिरा केसी
२- मञ्जु शर्मा चालिसे

मुस्ताङ-इन्द्रधारा बिष्ट

मनाङ-पोल्देन सोताङ गुरुङ

पर्वत-पदम गिरी

बागमती प्रदेश

सिन्धुली

१- प्रदीप केसी (कटुवाल)
२- मनोजजंग थापा

रामेछाप- माधवप्रसाद ढुङ्गेल

दोलखा-पार्वत गुरुङ

सिन्धुपाल्चोक

१- आङदोर्जे शेर्पा
२- शेरबहादुर तामाङ

काभ्रे

१- अमित लामा
२- अध्यक्षले टुङ्गाउने

धादिङ

१- भूमी त्रिपाठी
२- धनबहादुर घले

नुवाकोट

१- बद्री मैनाली
२- केशव पाण्डे

रसुवा-प्रेमबहादुर तामाङ

मकवानपुर

१- रामेश्वर राना
२- महेश बर्तौला

चितवन

१- कृष्णराज (कमल) पाठक
२- अस्मिन घिमिरे
३- शंकरराज थपलिया

काठमाडौं

१- मोहन रेग्मी
२- मणिराम फुयाल
३- रामेश्वर फुयाल
६- अमनकुमार मास्के
८- राजेश शाक्य
१०- विनोद श्रेष्ठ

ललितपुर

१- चेतनाथ सञ्जेल
२- प्रेमबहादुर महर्जन

मधेस प्रदेश

सप्तरी

१- सुमन प्याकुरेल
२- सतिश सिंह
३- ताराकान्त चौधरी
४- बालकृष्ण चौधरी

सिराहा

१- केदार यादव
२- नविनकुमार यादव
३- लिलानाथ श्रेष्ठ
४- बिल्टु यादव

धनुषा

१- रामचन्द्र मण्डल
२- उमाशंकर अग्रहरि
३- जुली महतो
४- रघुवीर महासेठ

महोत्तरी

१- लक्ष्मी महतो कोइरी
२- रामपरिक्षण यादव
४- सरोज यादव

सर्लाही
३- हरि उप्रेती

रौतहट

१- अजय गुप्ता
२- शैलेन्द्र साह
३- कुन्दन कुशवाहा
४- रामजी शाह

बारा

१- अच्युत मैनाली
२- बलवीर चौधरी
३- ज्वाला शाह
४- किसान श्रेष्ठ

पर्सा
३- प्रमोद जैसवाल
४- जालिम मियाँ अन्सारी

कोसी प्रदेश

पाँचथर-ऐन्द्रसुन्दर नेम्वाङ

इलाम

१- काजिमान कागते
२- सुहाङ नेम्वाङ

झापा

१- रामचन्द्र उप्रेती
२- देवराज घिमिरे
४- मनोज ताम्ली
५- केपी शर्मा ओली

संखुवासभा-डा. अर्जुन कार्की

धनकुटा-राजेन्द्र राई

भोजपुर-शेरधन राई

तेह्रथुम-भानुभक्त ढकाल

सुनसरी
१- सूर्य पन्दाक
४- भगवती चौधरी

मोरङ

१- घनश्याम खतिवडा
२- दिलीप बगेडिया
३- दिलीप राई
४- जीवन घिमिरे

सोलुखुम्बु- कल्पना राई

ओखलढुंगा-अस्मिता थापा

उदयपुर

१- दुर्गा थापा स्वोती
२- अमर रायमाझी

खोटाङ
देवविक्रम राई

‍‍

नेकपा

पुष्पकमल दाहाल, रुकुम पूर्व

माधवकुमार नेपाल, रौतहट–१

नारायणकाजी श्रेष्ठ, सर्लाही–३

वामदेव गौतम, बर्दिया–१

भीम रावल, अछाम–१

वर्षमान पुन, रोल्पा

प्रकाश ज्वाला, सल्यान

रेणु दाहाल, चितवन–३

सुमन सायमी, काठमाडौं–८

बिना मगर, कञ्चनपुर–१

रञ्जित तामाङ, झापा–५

नरेश भण्डारी, जुम्ला

प्रेम आले, कैलाली–५

माधव सापकोटा, सिन्धुपाल्चोक–१

युवराज दुलाल, सिन्धुपाल्चोक–२

विशाल खड्का, दोलखा

राजन दाहाल, सिन्धुली–२

रामप्रसाद सापकोटा, भक्तपुर–२

गोपाल शर्मा, रुकुम पश्चिम

हरिराज अधिकारी, गोरखा–१

लेखनाथ न्यौपाने, गोरखा–२

रास्वपा

रवि लामिछाने, चितवन–२

बालेन्द्र शाह, झापा–५

डीपी अर्याल, काठमाडौं–९

स्वर्णिम वाग्ले, तनहुँ–१

कवीन्द्र बुर्लाकोटी, गोरखा–२

विराजभक्त श्रेष्ठ, काठमाडौं–८

दीपक बोहरा, कञ्चनपुर–२

हरि ढकाल, चितवन–१

 

प्रकाशित: २०८२ माघ ४ गते आईतबार ११:३१
प्रतिक्रिया

थप समाचार

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना