काठमाडौँ: बालेन्द्र साह (बालेन)ले मेयर पदबाट राजीनामा दिएसँगै काठमाडौँ महानगरपालिकाको कमाण्ड सुनिता डंगोलले सम्हालेकी छन्। साहले राजीनामा दिएसँगै उनले कार्यवाहक जिम्मेवारी पाएकी हुन्।
स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार मेयरले पदबाट राजीनामा पाएपछि स्वत: उपमेयरले कार्यवाहक पाउने व्यवस्था रहेको छ। केही समयअघि मात्रै आजैदेखि लागू हुनेगरी बालेनले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा दिएका हुन्।
पदमा रहँदा काठमाडौँ महानगरपालिका र नगरवासीको हितमा सकेसम्म इमान्दारीपूर्वक कार्य गर्ने प्रयास गरेको भन्दै आगामी दिनमा महानगरपालिकाको नेतृत्व, सेवा प्रवाह र विकास-यात्रा थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनोस् भन्ने कामना व्यक्त गरेका छन्।
महानगरबाट विदा भएर साह प्रतिनिधिसभा निर्वाचनमा भिड्दैछन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट झापा ५ बाट आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनमा उठ्ने तयारीमा छन्।
निर्वाचन आयोगले सोमबारसम्म प्रत्यक्षतर्फको मनोनयनको मिति तोकेको छ।


