काठमाडौँ: युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्। उनले सोमबार प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा दिएका हुन्।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट चुनावमा होमिने तयारीमा जुटेका छन्। गएको कात्तिक ९ गते कार्की नेतृत्वको सरकारमा मन्त्री नियुक्त भएका उनले राजीनामा दिएर आगामी फागुन २१ गते हुने प्रतिनिधिसभामा सिराह १ बाट उम्मेदवार बन्ने आकांक्षा देखाएका छन्।


