काठमाडौँ: नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनका १६१ उम्मेदवार टुंगाएको छ। सामेबार बिहान नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले लगभग सबै क्षेत्रको टिकट टुंग्गो लगाएका हुन्।
चार क्षेत्रको भने उम्मेदवार टुंगो लाग्न बाँकी रहेको छ। नेकपाले सप्तरी ४, सर्लाही ४, रसुवा १ र ललितपुर २ को उम्मेदवार भने खालि राखेको छ।
नेकपाले यसपालि अधिकांश ठाउँमा युवा नेताहरूलाई अघि बढाएको छ।
सूची


