काठमाडौँ: नेपाली कांग्रेसले भक्तपुर २ बाट कविर राणालाई उम्मेदवार बनाएको छ। फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसले भक्तपुर २ बाट राणालाई अघि बढाएको हो।
देशान्तर साप्ताहिकका पूर्वसम्पादक समेत रहेका उनी भक्तपुरका कांग्रेस जिल्ला समिति सदस्य हुन्।
उक्त क्षेत्रबाट २०७९को प्रतिनिधिसभा निर्वाचनमा भक्तपुर कांग्रेसका जिल्ला सभापति दुर्लभ थापा थापा निर्वाचित भएका थिए।
भक्तपुर २ मा नेकपा एमालेबाट महेश बस्नेत र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट राजीव खत्री चुनावी मैदानमा उत्रिँदैछन्।


