काठमाडौँ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन्। मंगलबार निर्वाचन कार्यालय झापा पुगेर ओलीले झापा ५ मा उम्मेदवारी दर्ता गराएका हुन्।
यस क्षेत्रमा ओलीले जित्दै आएका छन्। यसै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले समेत उम्मेदवारी दर्ता गराएका छन्। शाह पहिलो पटक आम निर्वाचनमा उम्मेदवार बनेका हुन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा बालेन र ओलीबीच प्रतिस्पर्धा हुनेछ।




