२०८३ कार्तिक १५ गते शनिवार

प्रचण्डको घुमन्ते उम्मेदवारी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ ६
photo_9b4f7a6c

काठमाडौँ: नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि रुकुमपूर्व जिल्लाबाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। २०६४ को पहिलो संविधानसभा निर्वाचनयता हरेक निर्वाचनमा चुनावी क्षेत्र फेर्दै हिँडेका प्रचण्ड यसपटक रुकुमपूर्व पुगेका हुन्।

मंगलबार जिल्ला निर्वाचन कार्यालय पुगेर उनले मनोनयन दर्ता गराएका छन्। मनोनयन दर्तापछि उनले देशैभरि तारा चुनाव चिह्न लिएर आसन्न निर्वाचनका लागि मनोनयन दर्ता गराएका सम्पूर्ण उम्मेदवारहरूलाई अग्रिम बधाई तथा शुभकामना व्यक्त गरेका छन्। भ्रष्टाचारमुक्त, समुन्नत र न्यायपूर्ण नेपाल निर्माणको साझा संकल्पसहित, सम्पूर्ण नेपालीहरूलाई तारा चिह्नमा मत प्रदान गर्न पनि आग्रह गरेका छन्।

काठमाडौँ, रोल्पा, सिराहा, चितवन र गोरखा हुँदै रुकुमपूर्व पुगेको उनको चुनावी यात्राले प्रचण्डलाई फेरि ‘घुमन्ते उम्मेदवार’को परिचय दिलाएको छ।

प्रचण्डको चुनावी इतिहास हेर्दा उनी निरन्तर निर्वाचन क्षेत्र परिवर्तन गर्दै आएका नेताका रूपमा चिनिन्छन्। २०६४ सालको निर्वाचनमा उनले काठमाडौँ १० र रोल्पा २ बाट उम्मेदवारी दिएका थिए। दुवै क्षेत्रबाट निर्वाचित भएपछि उनले काठमाडौँ क्षेत्र नम्बर १० छाडेका थिए। २०७० को दोस्रो संविधान सभा निर्वाचनमा काठमाडौँ १० र सिराहा ५ बाट चुनाव लडेका उनी काठमाडौँ १० बाट पराजित भएका थिए। सिराहमा झिनो  मतान्तरले निर्वाचन जितेका थिए।

२०७४ मा चितवन ३ र २०७९ मा गोरखा २ बाट निर्वाचित भएका उनको नयाँ राजनीतिक प्रयोगस्थल बनेको हो रुकुमपूर्व। रुकुमपूर्व यसअघिका चार निर्वाचनमा माओवादीले जितेको क्षेत्र हो।

प्रचण्डले हरेक चुनावमा निर्वाचन क्षेत्र बदलेजसरी नै पार्टीको नाम र गठबन्धन पनि फेर्दै आएका छन्। पहिलो संविधानसभा निर्वाचनमा नेकपा माओवादीको नामबाट चुनाव लडेका उनले निर्वाचनपछि नारायणकाजी श्रेष्ठ नेतृत्वको नेकपा एकता केन्द्र मसालसँग पार्टी एकीकरण गरेका थिए। त्यसपछि उनको नेतृत्वमा पार्टीको नाम नेकपा (एकीकृत माओवादी) बनेको थियो। दोस्रो संविधानसभा निर्वाचनमा

२०६४ सालमा नेकपा माओवादीबाट निर्वाचन लडेका प्रचण्डले निर्वाचनपछि नारायणकाजी श्रेष्ठ नेतृत्वको नेकपा एकता केन्द्र मसालसँग एकता गरेर नेकपा (एकीकृत माओवादी) गठन गरे। नेकपा एकीकृत माओवादीकै नामबाट उनी २०७० सालको निर्वाचनमा उम्मेदवार बने। २०७४ को प्रतिनिधिसभा निर्वाचनअघि उनले माओवादी विचारधाराका अन्य स–साना दलहरूलाई समाहित गर्दै उनले पार्टीको नाम नेकपा माओवादी केन्द्र राखे। २०७४ मा यही नामबाट निर्वाचन लडेका उनले त्यसपछि नेकपा एमालेसँग पार्टी एकीकरण गरेका थिए।

त्यसपछि करिब तीन वर्ष नेपाल कम्युनिष्ट पार्टीमा रहे। नेकपाको नेतृत्व उनीसहित केपी शर्मा ओलीले गरेका थिए। तर, पहिले ओलीले र त्यसपछि प्रचण्डले सत्ता चलाउनेगरी भएको सहमति कार्यान्वयन नगरी ओलीले सत्ता हस्तान्तरण गर्ने समयमा संसद् विघटन गरिदिएका थिए। त्यसपछि प्रचण्ड स‌ंसद् विघटनविरुद्ध माधव नेपाल र झलनाथ खनालसहितका नेतालाई लिएर सडक संघर्ष तथा अदालतमा पुगेका थिए। पछि सर्वोच्चले संसद् विघटनको निर्णयसहित नेकपा पनि खारेज गरिदिएको थियो।

ऋषि कट्टेलले आफ्नो पार्टीको नाम प्रचण्ड र केपी शर्मा ओली नेतृत्वको पार्टीलाई दिएको भन्दै दायर गरेको रिटमा सर्वोच्चले नेकपा विघटन गरिदिएको थियो। त्यसपछि दुवै दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नाममा फर्किएका थिए।

जेनजी आन्दोलनपछि हालै मात्र उनले माधव नेपाल नेतृत्वको नेकपा समाजवादी केन्द्रसहितका दलहरूसँग एकीकरण गरेका छन्, जसको अध्यक्ष पद छाडेर उनी संयोजक बनेका छन्। नेकपाको तारा चुनाव चिह्नबाट उनी यसपटकको निर्वाचन लड्न लागेका हुन्।

प्रकाशित: २०८२ माघ ६ गते मङ्गलबार ०३:१५
प्रतिक्रिया

थप समाचार

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना