काठमाडौँ: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि साँझ ५ बजेसम्म दुई हजार ६५५ जनाले मनोननयन दर्ता गराएका छन्। बिहान १० बजेदेखि ५ बजेसम्म मनोनयन दर्ताको समया तोकिएकोमा निर्वाचन कार्यालय प्रवेश गरिसकेकाहरूले मनोनयन दर्ता गर्न पाउने छन्।
जसकारण मनोनयन दर्ता गराउनेको संख्या अझै बढ्नेछ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार साँझ ५ बजेसम्म मनोनयन दर्ता गराउनेमध्ये २ हजार ३५२ पुरुष रहेकोमा महिलाको संख्या ३०३ मात्रै रहेको छ। जुन ११.४१ प्रतिशत मात्रै हो।


