काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले वातावरणीय हिसाबले उपयुक्त देखिएको अवस्थामा मात्र ढुङ्गा गिट्टी निर्यात गर्ने भनिएको बताएका छन्।
सोमबार प्रतिनिधि सभामा २०८०/८१ को बजेटमा उठेका प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन्। ‘हाम्रो प्राकृतिक स्रोतलाई उपयोग गरी मौद्रिकीकरण गर्न सम्भाव्यता अध्ययन गरी निर्यातको आधार तयार गर्न खोजिएको हो। तर वातावरणीय पक्षलाई उपेक्षा गरिने छैन,’ महतले भने।
चुरेलाई नै भत्काएर निर्यात गर्न खोजेको जसरी व्याख्या गरिएको उनको भनाइ छ। ‘जहाँ जहाँ निर्यात गर्न मिल्छ त्यहाँको निर्यात गर्छौ। भुटानले पनि त निर्यात गरिरहेको छ। ढुङ्गा के खनिजजन्य होइन र?,’ उनले भने।
