काठमाडौँ: दुई वर्षअघि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियन भाषा परीक्षा पास गरेर रोस्टरमा रहेका युवाले विरोध प्रदर्शन गरेका छन्।

आइतबार कोरिया जान नपाएको भन्दै ईपीएस विद्यार्थीहरूले विरोध प्रर्दशन गरेका हुन्। ईपीएस भाषा र सिप तालिम उत्तीर्ण गरेर पनि दुई वर्षसम्म कोरिया जान नपाएको भन्दै विगतदेखि आन्दोलन गर्दै आएका छन्।

दुई महिनाअघि पनि उनीहरूले कोरिया पठाउन ढिलाइ भएको भन्दै ईपीएस शाखामा आन्दोलन गरेका थिए। त्यो बेला श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र आन्दोलनरत युवाबीच सहमति भएको थियो। तर माग पूरा नगरेको भन्दै उनीहरूले गत साता पनि प्रदर्शन गरेका थिए।