काठमाडौँ: पर्यटकीय नगरी पोखराबाट २० किलोमिटर दूरीमा रहेको कास्कीको अष्टम गाउँमा नयाँ रिसोर्ट निर्माण भइरहेको छ। एक अर्ब रुपैयाँ लगानीमा कन्दरा रिसोर्टको निर्माण भैरहेको हो। २०२३ को अन्तिमदेखि निर्माण सुरु भएको रिसोर्टको हालसम्म ३५ प्रतिशत भौतिक तथा २८ प्रतिशत वित्तीय प्रगति भएको छ।
४० कोठा रहेको रिसोर्टको काम आगामी सेप्टेम्बरसम्म सक्ने लक्ष्य रहेको कन्दराले जनाएको छ। रिसोर्टमा ७० प्रतिशत बैंकको ऋण र बाँकी ३० प्रतिशत संस्थापकको स्वपुँजी हुने गरी लगानी संरचना बनाइएको छ। संस्थापकहरुले ४० प्रतिशत स्वपुँजी लगानी गरिसकेका छन्। रिसोर्टमा ७३ करोड रुपैयाँ बैंकको ऋण लगानी रहेृको छ।
पोखरामा रहेकाले रणनीतिक स्थानबाट रिसोर्टलाई फाइदा पुग्ने देखिएको छ। यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल केवल २० किलोमिटर टाढा छ। जसले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै यात्रुहरूको लागि सुविधा सुनिश्चित गर्दछ। यस रिसोर्टले माछापुच्छ्रे हिमाल र अन्नपूर्ण पर्वत श्रङखलाको मनोरम दृश्यहरू प्रदान गर्दछ। जसले शान्त र रमणीय रिट्रीट सिर्जना गर्दछ।
रिसोर्ट परियोजना निर्माणाधीन भएकोले लागत बढ्ने जोखिम कायमै छ। प्रिमियम होटलको निर्माणमा तीनदेखि चार वर्ष लाग्छ। जबकि, रिसोर्टको सञ्चालन स्थिरीकरणमा अर्को दुई देखि तीन वर्ष लाग्न सक्छ। सञ्चालनमा आएपछि ग्राहकहरूलाई आकर्षित र आफ्नो ब्रान्ड स्थापना गर्न थप चुनौति हुन्छ।
कन्दरा रिसोर्ट सन् २०२३ मा स्थापना भएको हो। रिसोट कास्कीको अष्टम गाउँमा रिसोर्ट विकास गरिरहेको छ। कन्दराको अध्यक्षमा पवित्रकुमार कार्कीका रहेका छन्। उनको विभिन्न व्यवसायमा तीन दशक भन्दा बढी अनुभव छ। यस्तै अनिल रावल र वीरविक्रम कन्दरा रिसोर्टका सञ्चालन हुन्।
नेपाल राष्ट्र बैंकका अनुसार होटल तथा रिसोर्टलगायत अन्य पर्यटन क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुले दुई खर्ब ४८ अर्ब ६९ करोड रुपैयाँ लगानी गरेका छन्।
जसमध्ये होटलमा मात्रै दुई खर्ब १९ अर्ब र ट्रेकिङ, ट्राभल, रिसोर्ट, माउन्टेनियरिङ र र्याफ्टिङमा कूल २९ अर्ब ७० करोड रुपैयाँ लगानी भएको छ। पछिल्लो समयमा मात्रै सात अर्ब ७६ करोड रुपैयाँ लगानी होटलमा थपिएको छ।


