२०८३ कार्तिक १४ गते शुक्रबार

आधुनिक ऊर्जामा पहुँच विस्तार गरी दिगो विकास लक्ष्य हासिल गर्नुपर्छ: मन्त्री सिन्हा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ १३
photo-11_5513861a

काठमाडौँ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले नवीकरणीय ऊर्जाको विकास र ऊर्जा दक्षताको माध्यमबाट हरित अर्थतन्त्र प्रवर्द्धन गर्नु आजको आवश्यकता रहेको बताएका छन्।

अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसको अवसरमा आयोजित स्वच्छ ऊर्जाको कार्यान्वयनबाट नेपालको हरित अर्थतन्त्र विकास सम्बन्धी राष्ट्रिय सम्मेलनमा मन्त्री सिन्हाले ऊर्जा स्रोतको समुचित उपयोग, बचत तथा संरक्षण गर्दै आधुनिक ऊर्जामा पहुँच विस्तार गरी दिगो विकास लक्ष्य हासिल गर्नुपर्नेमा जोड दिए।

उनले भने, ‘नविकरणीय उर्जाको विकास तथा उर्जा दक्षतामार्फत उर्जाको समुचित उपयोग, बचत र संरक्षण गर्दै आधुनिक उर्जाको पहुँचमा वृद्धि गरी दिगो विकासको लक्ष्य प्राप्तिको लागि दिगो उर्जाको अवधारणा, हरित ग्यास उत्सर्जनबाट वातावरणमा पर्ने असर न्यूनिकरण तथा अनुकुलन मार्फत हरित अर्थतन्त्र प्रवर्द्धन, उर्जा सममिश्रण र उर्जा सुरक्षाको सुनिश्चितता गर्नु आजको हामी सबैको लागि आवश्यक छ।’

उनले नवीकरणीय ऊर्जाको विकास, ऊर्जा दक्षता अभिवृद्धि, हरित ग्यास उत्सर्जनबाट वातावरणमा पर्ने असर न्यूनीकरण तथा अनुकूलनमार्फत हरित अर्थतन्त्र प्रवर्द्धन गर्न आवश्यक रहेको बताए। साथै ऊर्जा समिश्रण र ऊर्जा सुरक्षाको सुनिश्चितता सबैको साझा दायित्व भएको उनको भनाइ थियो।

मन्त्री सिन्हाले नेपाल अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा संस्था र अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको सदस्य राष्ट्र रहेको उल्लेख गर्दै जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताको पक्ष राष्ट्रका रूपमा अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न नेपाल प्रतिबद्ध रहेको बताए।

उनले दिगो विकास लक्ष्य–२०३० को कार्ययोजना, तेस्रो राष्ट्रिय निर्धारित योगदान, १६औँ योजना, विद्युत् खपत वृद्धि तथा इन्धन न्यूनीकरणसम्बन्धी कार्ययोजना–२०८०, ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना–२०८१ लगायतका नीति तथा योजनाहरूमा नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता र स्वच्छ ऊर्जा रूपान्तरणलाई नेपालले उच्च प्राथमिकतामा राखेको बताए।

उनले भने, ‘नेपाल अन्तराष्ट्रिय नविकरण उर्जा संस्था र अन्तराष्ट्रिय सौर्य एयरलाइन्सको सदस्य तथा जलवायु परिवर्तन सम्बन्धि पेरिस सम्झौताको पक्ष राष्ट्र हो। दिगो विकासका लक्ष्य सम्बन्धि सन २०३० को कार्ययोजना, तेस्रो राष्ट्रिय निर्धारित योगदान, १६ औँ योजना, विद्युत खपत वृद्धि तथा इन्धन न्यूनीकरण सम्बन्धि कार्य २०८०, उर्जा विकास मार्गचित्र तथा कार्ययोजना २०८१ लगायत नेपालले अघि सारेका उर्जा र जलवायु परिवर्तन सम्बन्धि अन्तराष्ट्रिय प्रतिवद्धता र राष्ट्रिय लक्ष्यमा नवीकरणीय उर्जा, उर्जा दक्षता र स्वच्छ उर्जाको रुपान्तरणलाई उच्च प्राथमिकता नेपालले दिएको छ।’

प्रकाशित: २०८२ माघ १३ गते मङ्गलबार ०१:३५
प्रतिक्रिया

थप समाचार

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना