२०८३ कार्तिक १५ गते शनिवार

मासिक दुई अर्ब दाबी परेपछि स्वास्थ्य बीमामा समस्या आएको होः मन्त्री गौतम

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ १५
gautam

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा गौतमले विनियोजित बजेट भन्दा बढि बीमा दाबी हुँदा समस्या आएको बताएकी छिन्।

बिहीबार काठमाडौंमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको ३० औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले यो वर्षको पूरा बजेट नै गत वर्षको ऋण तिरेर सक्किएको बताउँदै यो वर्षलाई बीमामा बजेट नभएको तर खर्च असिमित हुँदै गएको गुनासो गरिन्।

उनले भनिन्,‘मुख्य समस्या अहिले बीमामा हो। जति बजेट विनियोजन भएको थियो त्यो बजेटभन्दा धेरै बढि बीमा दाबी हुन थाल्यो। यो वर्षको पूरा बजेट नै गत वर्षको ऋण तिरेर सक्कियो। यो वर्षलाई बीमामा बजेट नै छैन तर खर्च असिमित हुँदै गयो।’

त्यस्तै उनले बीमामा महिनाको दुई अर्ब रुपैयाँ खर्च हुन थालेको र सरकारले त्यो भुक्तानी गर्न नसक्ने अवस्था रहेको बताउँदै बीमामा सुधारको काम गरिरहेको जानकारी दिइन्।

‘बीमामा महिनाको दुई अर्ब रुपैयाँ खर्च हुन थाल्यो त्यो दिन सक्ने अवस्था छैन। त्यहाँ चाँही हामीले बीमालाई कसरी हुन्छ सुधार गर्न आवश्यक छ, हामीले त्यो काम गरिरहेको छौं।’

मन्त्री गौतमका अनुसार बीमा कार्यक्रममा संघ, प्रदेश र स्थानीय सरकारको योगदान हुने ऐनमा छ, तर अहिलेसम्म संघले मात्र भुक्तानि गर्नुपर्दा एकोहोरो बोझ पर्ने स्थिति पैदा भएको छ।

उनले भनिन्,‘बीमामा एकोहोरो बोझ पर्यो। बीमा कार्यक्रममा संघ, प्रदेश र स्थानीय सरकारको योगदान हुने ऐनमा छ तर अहिलेसम्म संघले मात्र दिइरहेको अवस्था छ त्यसले समस्या पर्यो।’

प्रकाशित: २०८२ माघ १५ गते बिहिबार ०४:५९
प्रतिक्रिया

थप समाचार

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...

‘मिनी टिलर’ गोरुको विकल्प बन्दै

भोजपुर। दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पकारुपमा मिनी टिलरको प्रयोग बढ्दै जान थालेको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको सिद्धकाली सप्लार्यसका प्रोपाइटर बाजिम मगरले...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना