काठमाडौं। सरकारले नेपाल प्रहरीको रासनमा वृद्धि गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरीको रासन रकममा वृद्धि गर्ने निर्णय गरेको हो।
आगामी फागुन १ देखि लागू हुनेगरी रासन स्केल र दैनिक रकम वृद्धि गर्ने निर्णय भएको गृहमन्त्री तथा सरकारका प्रवत्ता ओमप्रकाश अर्यालले बताए।
उनले वृद्धि रकम भने खुलाएनन्।


