२०८३ कार्तिक १२ गते बुधबार

भारतीय बजेट: नेपाललाई ८ अर्ब भारु अनुदान, सबैभन्दा ज्यादा भुटान र कम बंगलादेशलाई

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ १८
india

काठमाडौँ: भारत सरकारले आर्थिक वर्ष २०२६/२७ का लागि नेपाललाई ८ अर्ब भारतीय रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ। आइतबार भारतीय संसद्‌मा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको बजेटमा नेपाललाई अघिल्लो वर्षकै बराबर रकम सहयोगस्वरूप दिने व्यवस्था गरिएको हो।

भारतीय अर्थमन्त्री निर्मला सीतारमणले ल्याएको ९औँ बजेटमा यस्तो व्यवस्था गरिएको हो। उक्त रकम नेपाली रुपैयाँ करिब १२ अर्ब ८० करोड रुपैयाँ बराबर हो।

चालु आर्थिक वर्षमा भारतले नेपाललाई ८ अर्ब ३० करोड भारतीय रुपैयाँ अनुदान दिने संशोधित अनुमान छ। सुरुवातमा ८ अर्ब रुपैयाँ मात्र विनियोजन गरिएको थियो तर वर्षको बीचमा संशोधन गर्दै रकम बढाइएको थियो।

छिमेकी मुलुकहरूमध्ये भारतले सबैभन्दा ठूलो अनुदान भुटानलाई दिने घोषणा गरेको छ। आगामी आर्थिक वर्षमा भुटानलाई २२ अर्ब ८८ करोड भारु उपलब्ध गराउने घोषणा गरिएको छ।

माल्दिभ्सलाई ५ अर्ब ५० करोड, म्यानमारलाई ३ अर्ब, श्रीलंकालाई ४ अर्ब, अफगानिस्तानलाई १ अर्ब ५० करोड र बंगलादेशलाई ६० करोड रुपैयाँ अनुदान उपलब्ध गराउने भनिएको छ।

बजेटमार्फत फ्युचर र अप्सन कारोबारमा लाग्ने एसटीटी कर बढाउने प्रस्तावपछि शेयर बजार दबाबमा परेको छ। यससँगै, नयाँ आयकर कानून सन् २०२६ अप्रिलदेखि लागू हुने र कर प्रणालीलाई थप सरल बनाइने घोषणा गरिएको छ। सरकारले क्रिएटिभ इकोनोमी प्रवर्द्धन, आयुर्वेद संस्थान विस्तार, कृषि क्षेत्रमा एआई प्रयोग र छात्रा होस्टल निर्माणजस्ता योजनाहरू पनि अघि सारेको छ।

प्रकाशित: २०८२ माघ १८ गते आईतबार ०१:४९
प्रतिक्रिया

थप समाचार

विद्युत् व्यापार आशयपत्रको स्वागत गर्दै इप्पानले राख्यो चार माग

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले अन्तरदेशीय विद्युत् व्यापारको तयारीका लागि निजी क्षेत्रलाई आशयपत्र जारी गर्ने सरकारको निर्णयको स्वागत गर्दै अनुमतिपत्र पाउने...

बैंकको खराब कर्जा बढ्दा शेयरधनीलाई कस्तो असर पर्छ? यस्तो छ बैंकको अवस्था

बैंकले प्रवाह गरेको ऋणको साँवा तथा ब्याज समयमै असूल हुन नसक्दा खराब कर्जा बढ्छ। यस्तो अवस्था लामो समयसम्म कायम रहेमा बैंकको नाफा, लाभांश क्षमता र सेयरधनीले पाउने प्रतिफलमा असर पर्न सक्छ।

विदेशी खेलाडी ल्याउँदा भिसा, कर र भुक्तानी जटिलताले फ्रेन्चाइजलाई चुनौती

विदेशी खेलाडीले २५ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था, व्यावसायिक भिसाको अभाव र पर्यटक भिसामा प्रवेश गरेपछि भिसा परिवर्तन गर्नुपर्ने प्रक्रियाले अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता व्यवस्थापन...

ग्लोबल फाइनान्सको उत्कृष्ट बैंकको सूचीमा लगातार तेस्रो वर्ष ग्लोबल आईएमई बैंक

बैंकले सन् २०२४ र २०२५ मा पनि यही सम्मान प्राप्त गरेको थियो। यससँगै ग्लोबल आईएमई बैंक लगातार तीन वर्ष उक्त अवार्ड पाउने नेपाली बैंक बनेको छ।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना