२०८३ साउन १३ गते बुधबार

भारतीय बजेट: नेपाललाई ८ अर्ब भारु अनुदान, सबैभन्दा ज्यादा भुटान र कम बंगलादेशलाई

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ १८
india

काठमाडौँ: भारत सरकारले आर्थिक वर्ष २०२६/२७ का लागि नेपाललाई ८ अर्ब भारतीय रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ। आइतबार भारतीय संसद्‌मा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको बजेटमा नेपाललाई अघिल्लो वर्षकै बराबर रकम सहयोगस्वरूप दिने व्यवस्था गरिएको हो।

भारतीय अर्थमन्त्री निर्मला सीतारमणले ल्याएको ९औँ बजेटमा यस्तो व्यवस्था गरिएको हो। उक्त रकम नेपाली रुपैयाँ करिब १२ अर्ब ८० करोड रुपैयाँ बराबर हो।

चालु आर्थिक वर्षमा भारतले नेपाललाई ८ अर्ब ३० करोड भारतीय रुपैयाँ अनुदान दिने संशोधित अनुमान छ। सुरुवातमा ८ अर्ब रुपैयाँ मात्र विनियोजन गरिएको थियो तर वर्षको बीचमा संशोधन गर्दै रकम बढाइएको थियो।

छिमेकी मुलुकहरूमध्ये भारतले सबैभन्दा ठूलो अनुदान भुटानलाई दिने घोषणा गरेको छ। आगामी आर्थिक वर्षमा भुटानलाई २२ अर्ब ८८ करोड भारु उपलब्ध गराउने घोषणा गरिएको छ।

माल्दिभ्सलाई ५ अर्ब ५० करोड, म्यानमारलाई ३ अर्ब, श्रीलंकालाई ४ अर्ब, अफगानिस्तानलाई १ अर्ब ५० करोड र बंगलादेशलाई ६० करोड रुपैयाँ अनुदान उपलब्ध गराउने भनिएको छ।

बजेटमार्फत फ्युचर र अप्सन कारोबारमा लाग्ने एसटीटी कर बढाउने प्रस्तावपछि शेयर बजार दबाबमा परेको छ। यससँगै, नयाँ आयकर कानून सन् २०२६ अप्रिलदेखि लागू हुने र कर प्रणालीलाई थप सरल बनाइने घोषणा गरिएको छ। सरकारले क्रिएटिभ इकोनोमी प्रवर्द्धन, आयुर्वेद संस्थान विस्तार, कृषि क्षेत्रमा एआई प्रयोग र छात्रा होस्टल निर्माणजस्ता योजनाहरू पनि अघि सारेको छ।

प्रकाशित: २०८२ माघ १८ गते आईतबार ०१:४९
प्रतिक्रिया

थप समाचार

करिब ४० जना उद्योगीलाई अगाडि राखेर अर्थमन्त्रीले भने: ढुक्क भएर लगानी विस्तार गर्नुहोस्

काठमाडौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी-व्यवसायीहरूलाई आग्रह गरेका छन्। मङ्गलवारबाट अर्थ मन्त्रालयले सुरु गरेको बजेट कार्यान्वयनको छलफल शृङ्खलाको...

तरलता प्रशोचनवापत राष्ट्र बैंकले तिर्‍यो २१ अर्ब बढी ब्याज, अधिक तरलता व्यवस्थापनमै ठूलो खर्च

गत आर्थिक वर्षमा निक्षेप संकलन बोलकबोलमार्फत बैंक तथा वित्तीय संस्थालाई १३ अर्ब ३० करोड ७९ लाख ५० हजार १७३ रुपैयाँ ब्याज भुक्तानी गरिएको छ।

२९ अर्बमा बनेको नागढुङ्गा सुरुङमार्ग, ७६ सालयता कहिले के भयो? [तस्बिर–रिपोर्ट]

सुरुङ प्रयोग नि:शुल्क भने होइन। काठमाडौँ भित्रिँदा र बाहिरिँदा कार/भ्यानले क्रमशः ६५ र ६० रुपैयाँ तिर्नुपर्छ। मिनीबस, टिपरले भित्रिँदा १ सय १५, बाहिरिँदा ८० रुपैयाँ, बस र ट्रकले भित्रिँदा २ सय...

होर्मुज स्ट्रेटबारे ठूलो जोखिम लिइरहेको इरानसँग अब तीन विकल्प

तेहरानले आफ्ना बन्दरगाहमाथिको अमेरिकी नौसैनिक नाकाबन्दी अन्त्य, आर्थिक प्रतिबन्धहरूमा सहजता तथा भविष्यमा थप आक्रमणबाट सुरक्षा चाहने छ। तर, त्यसो गर्नु आर्थिक तथा सैनिक हिसाबले सम्भवतः सबैभन्दा...

अब नेपालमा २०० र ५०० दरका भारतीय नोट चलाउन पाइने

०१६ नोभेम्बर ९ देखि निष्काशन भई चलनचल्तीमा रहेका भारतीय रुपैयाँ २०० र ५०० दरका नोट भने नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति भारतीय रुपैयाँ २५ हजारसम्म प्रचलित व्यवस्थाअनुसार नेपालमा ल्याउन,...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना