२०८३ कार्तिक ११ गते मङ्गलबार

कुहिरोभित्रको जीवन: नारायणी नदीमा शीतकालीन चराचुरुङ्गी र वन्यजन्तु

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ १९
Wild Life_Chitwan_-1157

नारायणी नदी क्षेत्रमा जाडो यामसँगै देखिने प्राकृतिक दृश्य अत्यन्त मनमोहक हुन्छ। चिसो बिहानको कुहिरोले ढाकिएको नदी, बगर र वरपरका घाँसे मैदानहरू शीतकालीन आप्रवासी चराहरू र स्थानीय वन्यजन्तुहरूको गतिविधिले जीवन्त बन्छ। हरेक वर्ष उत्तरी एशिया, साइबेरिया, मध्य एशिया र तिब्बती उच्चभूमिबाट हजारौँ किलोमिटर यात्रा गरेर नेपाल आउने आप्रवासी चराहरूका लागि नारायणी नदी एक महत्वपूर्ण आश्रयस्थल हो।

यस क्षेत्रमा चखेवा (Ruddy Shelduck), खोया हाँस (Bar-headed Goose), रणमत्त महाचील (Eastern Imperial Eagle), लगु राजपुत्रिका (Little Ringed Plover) जस्ता प्रमुख आप्रवासी चराहरू देख्न सकिन्छ। साथै मणितुण्डक हाँस (Goosander) जस्ता जलचर र आसपासका वन क्षेत्रमा मयूर (Peacock) को उपस्थितिले पनि यहाँको जैविक विविधतालाई झनै समृद्ध बनाएको छ।

यी चराहरू उत्तरी क्षेत्रहरूमा अत्यधिक चिसो, हिउँ र आहारको अभाव भएपछि तातो मौसम, सुरक्षित बासस्थान र प्रशस्त खानाको खोजीमा नेपालतर्फ आउने गर्दछन्। नारायणी जस्ता नदी, सिमसार र बगर क्षेत्रहरू उनीहरूका लागि जाडो बिताउने उपयुक्त स्थान हुन्।

यी सबै प्रजातिहरूले यस क्षेत्रको पारिस्थितिक सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेलिरहेका छन्। शीतकालीन आप्रवासी चराहरू नेपालका सिमसार क्षेत्रहरूको स्वास्थ्य अवस्था र वातावरणीय सन्तुलनका महत्वपूर्ण सूचक हुन्। तर सिमसार क्षेत्रको संकुचन, नदी प्रदूषण, अवैध सिकार र बढ्दो मानवीय दबाबका कारण यी चराहरूको बासस्थान जोखिममा पर्दै गएको छ। त्यसैले नारायणी नदी र यससँग जोडिएका सिमसार क्षेत्रहरूको संरक्षण अत्यन्त आवश्यक छ।

यी सुन्दर चराहरू र वन्यजन्तुको संरक्षण गर्नु भनेको केवल जैविक विविधताको रक्षा मात्र होइन, प्राकृतिक सम्पदा, पर्यटन र भावी पुस्ताको सुरक्षित भविष्य सुनिश्चित गर्नु पनि हो। नारायणी नदीमा हिउँदका बिहानहरुमा देखिने यी दृश्यहरूले प्रकृतिको सौन्दर्यसँगै संरक्षणको गहिरो सन्देश पनि बोकेका छ।

प्रकाशित: २०८२ माघ १९ गते सोमबार १२:५९
प्रतिक्रिया

थप समाचार

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

काठमाडौं उपत्यकामा खुम्चिँदैछ खेतीयोग्य जमिन (तस्विरहरू)

काठमाडौँ उपत्यका एकताका धानलगायत अन्य खाद्यान्नको खेतीका लागि निकै प्रसिद्ध थियो। उपत्यकाका काठ क्षेत्र एक प्रकारले कृषि उत्पादन केन्द्र मानिन्थ्यो। परालका कुन्युहरूको आकर्षण खास हुने...

सुनसान बन्यो काठमाडौँ उपत्यका: सडक खाली, पसल बन्द (तस्बिरहरू)

दशैँ मनाउन उपत्यकाबाहिर जानेको संख्या बढेसँगै काठमाडौँ उपत्यका सुनसान बनेको छ। सधैँजसो सवारीसाधन र मानिसको चहलपहल रहने सडकहरू अहिले खाली देखिन थालेका छन् भने अधिकांश पसल तथा व्यवसायसमेत...

बाजुराका विभिन्न खेतमा पहेँलपुर भएर पाकेको धानबाली (तस्बिर)

बाजुराका ९ वटै स्थानीय तहमा यतिवेला धानवाली पाकेर पहेँलुपर अवस्थामा छ। यहाँका किसानलाई एकातिर दशैँ तिहारको रौनकता छ, भने अर्कोतिर पाकेको धानवाली भित्र्याउन चटारो छ।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना