२०८३ कार्तिक १४ गते शुक्रबार

बैंक–वित्तमार्फत सयौंलाई रोजगारी दिएका ढकाल स्याङ्जा १ को चुनावी यात्रामा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ २१
bharat_raj

स्याङ्जा। आगामी फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दलका क्रियाशील नेतादेखि पत्रकार, कलाकार, बैंकर तथा उद्यमीदेखि सामाजिक अभियन्ता समेत चुनावी दौडमा निस्किएका छ। जेनजी आन्दोलनपछि बदलिएको मनोभावनालाई प्रतिनिधित्व गर्ने दाबी गर्दै उम्मेदवारहरु चुनावी दौडधुपमा छन्।

बैंक तथा वित्तिय क्षेत्रमा लामो समय विताएका भरतराज ढकाललाई पनि चुनावी दौडधुपले व्यस्त गराएको छ। स्याङ्जा जिल्लाको क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका उनी कृषि अर्थतन्त्रको सुधारलाई मुख्य लक्ष्य बनाएर मतदाता भेटिरहेका छन्।

‘दैनिक कार्यतालिका बनाएरै भेटघाटमा व्यस्त छु, फरक अनुभव पनि गरिरहेको छु। सबैको भावना र मनोविज्ञान बुझ्ने मौका मिलिरहेको छ। पार्टीको आन्तरिक व्यवस्थापनदेखि निर्वाचन परिचालनको संयन्त्र बनाएर काम गरिरहेको छ,’ उनले सुनाए।

नीति तथा कानून निर्माण तहमा निर्भीक, इमानदार र कर्तव्यनिष्ठ नेतृत्व आवश्यक रहेको औंल्याएका उनले बैंकिङ क्षेत्रको अनुभव र उद्यमशील सोचलाई स्याङ्जाको विकासमा खर्चिने पनि बताए।

गाउँबाट राष्ट्र निर्माणसम्मको यात्रामा

स्याङ्जाको दुर्गम गाउँ फापरथुम जहाँ सपना देख्नै कठिन मानिन्थ्यो। त्यही माटोमा जन्मिएर हुर्किएका हुन् भरतराज ढकाल। पोखराबाट आईए उत्तीर्ण गरेपछि सुनौलो भविष्यको खोजीमा उनी काठमाडौँ पुगे, तर सुविधासम्पन्न शहरको चमकले उनको मनलाई कहिल्यै बाँध्न सकेन।

गाउँका डाँडाकाँडा, त्यहाँका जनताको पीडा र सम्भावनाले नै उनलाई निरन्तर तानिरह्यो। त्यो समय देश सशस्त्र जनयुद्धको चरम अवस्थामा थियो।

स्याङ्जाका बैंक तथा वित्तीय संस्थाहरू विस्थापित भई पोखरा झरेका थिए। सामान्य वित्तीय कारोबारका लागि पनि स्याङ्जाबासीले दिनभरि दुःख गरेर पोखरा धाउनुपर्ने बाध्यता थियो। यही पीडालाई नजिकबाट अनुभूति गरेका ढकालले जनताको वित्तीय आवश्यकता पूरा गर्ने संकल्प लिएर काठमाडौँको सुरक्षित बाटो त्यागी स्याङ्जा फर्किए।

उनले वि.स २०५६ मा स्याङ्जा सदरमुकाममा आफु प्रबन्धक भई रोयल सहकारी संस्था स्थापना गरे। साथै, ‘सहारा नेपाल’ नामक सामाजिक संस्था स्थापना गरी मुठ्ठीदान अभियानमार्फत अनाथ बालबालिकाको लालनपालन सुरु गरे। उनको स्पष्ट निष्कर्ष थियो ‘जब महिलाको उत्थान हुँदैन, तबसम्म घर, समाज र देशको विकास सम्भव हुँदैन।’

यसै सोचका साथ उनले ०६० सालबाट सहकारीमार्फत स्याङ्जाका गाउँ–गाउँमा लघुवित्त कार्यक्रम सुरु गरे। महिलाहरूको समूह निर्माण, साना बचत संकलन, साना कर्जा वितरण र वित्तीय जागरण अभियान। यी सबै काम उनले जिल्लामै पहिलो पटक सुरु गरे। यसले हजारौँ महिलाको जीवनमा आत्मनिर्भरता र आत्मविश्वास भरेको थियो।

तर, यतिले मात्र स्याङ्जाबासीको आवश्यकता पूरा भएन। उद्यमशीलता विकासका लागि अझै फराकिलो वित्तीय दायरा आवश्यक थियो। यही चुनौतीलाई आत्मसात गर्दै उनले स्याङ्जा जिल्लाकै पहिलो स्थानीय बैंक खोल्ने साहसिक निर्णय गरे।

सुरुवातमा धेरैले उनलाई पत्याएनन्। तर, उनको हिम्मत, आत्मविश्वास र दूरदृष्टि कहिल्यै डगमगाएन। अन्ततः विस २०६३ पौष १९ गते, २९ जना शेयरधनी मार्फत एक करोड ३० लाख रुपैयाँ पुँजी संकलन गरी मुक्तिनाथ विकास बैंक दर्ता गर्न उनी सफल भए। जहाँ उनी स्वयं प्रमुख कार्यकारी अधिकृत (सीईओ) बने।

‘जनता बैंकमा होइन, बैंक जनतामा जानुपर्छ’ भन्ने मान्यतालाई आत्मसाथ गरेका ढकाल कर्मचारीसहित घर–घर पुग्ने गर्दथे। त्यो बेला टोल–टोलमा लघुवित्त समूह बने, विपन्न परिवारले सहजै वित्तीय सेवा पाए, हजारौँ महिलालाई व्यावसायिक तालिम दिइयो, र स्याङ्जामा वित्तीय साक्षरताको ऐतिहासिक अभियान सुरु भयो।

यी सबै अभियानहरूको नेतृत्वकर्ता थिए—ढकाल। बैंक जनतामाझ दिन–प्रतिदिन लोकप्रिय बन्यो। उनको कुशल नेतृत्व र सुशासनको कारण स्थापनाको १० वर्षमै स्याङ्जाबाट सुरु भएको बैंक राष्ट्रिय स्तरको अब्बल वित्तीय संस्थामा स्तरोन्नति भयो।

यसको पृथक कार्यशैलीकै कारण मुक्तिनाथ विकास बैंक देशव्यापी रूपमा वित्तीय जागरण र साक्षरताको अग्रणी संस्था बन्न पुग्यो। महिला उद्यमशीलतामा उल्लेखनीय योगदान दिए बापत बैंक युरोपियन माइक्रोफाइनान्स अवार्डबाट सम्मानित भयो। हालसम्म बैंकले दर्जनौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरिसकेको छ।

मुक्तिनाथ विकास बैंकले देशभर १५ लाखभन्दा बढी ग्राहकलाई सेवा, हजारौँ युवालाई प्रत्यक्ष रोजगारी, र हजारौँ उद्यमीलाई वित्तीय तथा गैर–वित्तीय सेवा मार्फत सशक्त बनाइरहेको छ। एक करोड ३० लाख रुपैयाँबाट सुरु भएको बैंक आज आठ अर्ब पुँजी र एक खर्ब ३६ अर्ब रुपैयाँको वासलात आकारको हैसियतमा पुगेको छ। यसमा ढकालको कुशल नेतृत्व र सुशासनको ठूलो भूमिका रहेको स्वीकार्नेहरु धेरै छन्।

यही क्रममा लामो अध्ययन–अनुसन्धानपछि उनले निष्कर्ष निकाले, ‘स्वरोजगार सृजना, वैदेशिक पलायन रोक्न र उद्यमशीलता विकास गर्न कृषि क्षेत्रमा आमूल परिवर्तन अपरिहार्य छ’ यसै विश्वासका साथ उनले वि.स. २०७५ मा महिनाको लाखौँ तलब पाउने पद त्यागे र नेपालकै पहिलो कृषि मूल्य श्रृंखलामा काम गर्ने कम्पनी मुक्तिनाथ कृषि कम्पनी स्थापना गरे। ‘गाउँको उत्पादन शहरमा, शहरको पुँजी गाउँमा’ भन्ने मन्त्रलाई आत्मसात गर्दै उनले पहिलो दुई वर्ष बिना कुनै सेवा–सुविधा काम गरे।

आज यो कम्पनी ७ औँ वर्षमा प्रवेश गर्दै सातै प्रदेशका हजारौँ कृषकलाई व्यावसायिक कृषि परामर्श, सीप विकास तालिम, कृषि औजार, उपकरण, मलखाद उपलब्ध गराउँदै आएको छ। साथै, स्थानीय उत्पादनलाई उपभोक्तासम्म र अब अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने मार्गमा अघि बढिरहेको छ।

कृषि क्षेत्रको अपार सम्भावनालाई व्यवहारमा उतार्न सरकारी नीतिगत सुधार अपरिहार्य रहेको भन्दै निरन्तर वकालत गर्दै आएका ढकाल आज नीति निर्माणको तहमा पुग्ने उद्देश्यसहित प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारका रूपमा जनतामाझ उभिएका छन्। व्यक्तिगत तथा संस्थागत रुपमा स्याङ्जाका धेरै सामाजिक कार्यमा योगदान पुर्याएका छन्।

प्रकाशित: २०८२ माघ २१ गते बुधबार ०९:०३
प्रतिक्रिया

थप समाचार

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना