२०८३ कार्तिक १४ गते शुक्रबार

अर्थतन्त्रको पुनरुत्थान र रोजगारी सृजनामा नवलपरासी–१ निर्णायक: विनोद चौधरी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ २१
binod_chaudhary

काठमाडौँ: नेपाली कांग्रेसका नेता तथा उद्योगपति विनोद चौधरीले नवलपरासी–१ लाई आर्थिक रुपान्तरणको आधारभूमि बनाउँदै राष्ट्रिय अर्थतन्त्र सुधार्ने अभियान चलाइएको बताएका छन्। आगामी फागुन २१ को आम निर्वाचनलाई लक्षित गर्दै बर्दघाट नगरपालिका वडा नं. १ मा नेपाली कांग्रेसको प्रचार–प्रसार समितिको कार्यालय उद्घाटन कार्यक्रममा चौधरीले आर्थिक अस्थिरता, रोजगारी अभाव र विकास अवरुद्ध हुनु नै पछिल्ला आन्दोलनहरूको मूल कारण भएको उल्लेख गर्दै कांग्रेसले अब ती पीडालाई नीतिगत र संस्थागत रूपमा सम्बोधन गर्ने बताए।

उनले जेन–जी आन्दोलनपछि देशको राजनीतिक परिस्थिति असामान्य मोडमा पुगेको देखाएको उल्लेख गर्दै उक्त आन्दोलनले देश विकास हुन नसकेको, रोजगारीको वातावरण अभाव र बिग्रिएको व्यवस्थाप्रतिको पीडालाई उजागर गरेको बताए।

चौधरीले जेन–जी आन्दोलनले खोजेको परिवर्तनलाई संस्थागत गर्न कांग्रेस आफैँ परिवर्तन हुन जरुरी रहेको र सो परिवर्तन भइसकेको दाबी गरे। उनले कांग्रेसको रुपान्तरणमा नवलपरासी–१ का नेता तथा कार्यकर्ताको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै यस क्षेत्रका कांग्रेसजनले तत्कालीन कांग्रेस महामन्त्री र विशेष महाधिवेशनको पक्षमा सार्वजनिक रूपमा उभिएर परिवर्तनको पक्ष लिएको बताए। चुनावपछि कांग्रेसले जेन–जी आन्दोलनका माग र युवाको आकांक्षालाई संस्थागत गर्ने पनि उनले स्पष्ट पारे।

चौधरीले पूरा कार्यकाल काम गर्न नपाएको उल्लेख गर्दै अब उनलाई राष्ट्रको अर्थतन्त्र सम्हाल्ने जिम्मेवारीसम्म पुर्‍याउने दायित्व स्थानीय जनताको रहेको बर्दघाट नगरपालिकाका प्रमुख शम्भु लाल श्रेष्ठले विनोद बताए। उनले विशेष महाधिवेशनपछि गगन थापाको नेतृत्वमा कांग्रेस पुनः सक्रिय र जागृत बनेको धारणा राख्दै ‘गगन प्रधानमन्त्री, विनोद अर्थमन्त्री’ भन्ने भावनालाई कार्यकर्ताले आत्मसात गरेको बताए। श्रेष्ठले विनोद चौधरीका लागि भन्दा नवलपरासी र बर्दघाटवासीका लागि उनको विजय महत्वपूर्ण हुने धारणा व्यक्त गरे।

प्रकाशित: २०८२ माघ २१ गते बुधबार ०५:२६
प्रतिक्रिया

थप समाचार

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना