२०८३ कार्तिक १२ गते बुधबार

राजापुर सुगरको लागत बढेर दुई अर्ब पुग्यो, उद्योगले थाल्यो चिनी उत्पादन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ २२
rajapur_sugar

काठमाडौँ: बर्दियाको राजापुरमा नयाँ चिनी मिल सञ्चालनमा आएको छ। राजापुर सुगर एण्ड केमिकल्स इन्डस्ट्रिजले उखु पेल्न सुरु गरेको छ।

उद्योगको लागत १७ प्रतिशत बढेर झण्डै दुई अर्ब रुपैयाँ पुगेको छ। यसअघि एक अर्ब ६८ करोड ६८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको थियो। तर भवन निर्माण र निर्माण अवधिको ब्याज (आईडीसी) सहित लागत बढेर एक अर्ब ९७ करोड २० लाख रुपैयाँ पुगेको उद्योगले जनाएको छ।

हालसम्म उद्योगको ८९ प्रतिशत वित्तीय प्रगति भएको छ। उद्योगको बाँकी काम आउँदो तीन महिनामा सकिने भएको छ।

उद्योगमा ७५ प्रतिशत बैंकको ऋण र बाँकी २५ प्रतिशत संस्थापकहरुको स्वपुँजी हुने गरी लगानी संरचना तयार पारिएको छ। कूल स्वपुँजी ५९ करोड मध्ये ५५ करोड १० लाख रुपैयाँ खर्च भइसकेको छ। उद्योगको दैनिक २५ सय टन उखु क्रसिङ गर्ने क्षमता रहेको छ।

उद्योगले चिनीका साथै मलोसिसबाट मदिरा पनि उत्पादन गर्ने लक्ष्य लिएको छ। यसका लागि बेग्लै उत्पादन प्लान्ट राख्ने राजापुर सुगरले जनाएको छ । उद्योगले १ अर्ब ६६ करोड २२ लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ।

चिनी मिल सञ्चालनको तयारी थलिएपछि किसान उखु खेतीतर्फ आकर्षित भएका छन्। मिल पूर्णरूपमा सञ्चालन गर्नका लागि पाँच हजारदेखि छ हजार बिघामा उखु खेती आवश्यक पर्ने छ। मिल सञ्चालनमा आए ५ सयभन्दा बढी जनाले प्रत्यक्षरुपमा रोजगारी पाउने भएका छन्।

बर्दिया उखु उत्पादन गर्ने क्षेत्रहरू मध्ये एक हो। उखु खरिदका लागि सम्भावित क्षेत्रहरू कैलाली, कञ्चनपुर, बाँके र बर्दिया हुनेछन्। जसले गर्दा ढुवानी लागत कम हुन्छ।

बाँके, बर्दिया, कैलाली र कञ्चनपुर गरी चार जिल्लामा मात्रै ३ लाख ५९ हजार ३८८ टन उखु उत्पादन हुने गरेको छ। उद्योग सञ्चालनमा आउने भएपछि उखु उत्पादन बढ्ने अनुमान गरिएको छ।

नेपालमा वार्षिक २ लाख ६० हजार टन चिनी खपत हुने गरेको छ। आन्तरिक उत्पादनले मात्र अपुग हुने भएपछि भारतबाट पनि ठूलो परिमाणमा चिनी आयात हुने गरेको छ। आन्तरिक उत्पादन वार्षिक डेढ लाख टन मात्र रहेको छ।

राजापुर सुगरका अध्यक्ष यज्ञबहादुर ओली दुई दशक भन्दा बढी समयदेखि उद्योग व्यवसायमा संलग्न छन्। उनको लगानीमा दुई दशकदेखि सुदुरपश्चिममा देउती गुट्खा इन्डष्ट्रिज सञ्चालनमा । उद्योगबाट गुट्खा र सुर्तिजन्य वस्तु उत्पादन हुँदै आएको छ।

ओलीको लगानीमा देउती प्याकेजिङ, देउती सोप एन्ड केमिकल्स, लोटस टोबाको इन्डष्ट्रिज, होटल मेगा र देउती रियलस्टेट सञ्चालनमा छन् । राजापुर सुगर २०२३ मा स्थापना भएको हो।चिनी मिल राजापुर नगरपालिका–५ बदालपुरमा रहेको छ।

नेपालको तराई क्षेत्र उखु खेतीको लागि उपयुक्त छ। उखु नेपालको नगद बाली मध्ये एक हो। सरकारले न्यूनतम समर्थन मूल्य तय गरेर उखु उद्योगलाई नियमन गर्दै आएको छ।

यो वर्षका लागि सरकारले उखुको खरिद मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ निर्धारण गरेको छ। चिनी र चिनी मिठाईमा आयात शुल्क ३० बाट घटाएर १५ प्रतिशत कायम गरिएको छ। चोरी पैठारीले अझै नेपाली चिनी बिक्री नभएको उद्योगीहरुले बताएका छन्।

प्रकाशित: २०८२ माघ २२ गते बिहिबार ०५:४७
प्रतिक्रिया

थप समाचार

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सहुलियतपूर्ण कर्जा कसले कति पाउँछ?

काठमाडौं। मुलुकको समग्र आर्थिक विकास, उत्पादनशीलता वृद्धि तथा दिगो स्वरोजगार प्रवद्र्धनका लागि बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विभिन्न कर्जामध्ये सहुलियतपूर्ण कर्जा महत्वपूर्ण...

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।

रायो साग खेतीबाट दुई महिनामै साढे दुई लाख आम्दानी 

धनगढी। धनगढीमा रायो साग खेतीबाट राम्रो आम्दानी गर्न सकिने उदाहरण बनेका छन् प्रेम राना। कृष्णपुर नगरपालिका पिपरिया–९ का राना परिवारका लागि रायो खेती आर्थिक उपार्जनको गतिलो माध्यम बन्दै गएको...

नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बरमा नयाँ नेतृत्व

काठमाडौँ: नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बरले नयाँ अध्यक्ष पाएको छ, र निर्वाचन सर्वसम्मत भएको छ। हालै चेम्बरको ३२औँ वार्षिक साधारणसभामा निर्वाचन अधिकृतले घोषणा गरेअनुसार कुनाल कायल अध्यक्षमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना