२०८३ कार्तिक १५ गते शनिवार

बैतडी बस दुर्घटना: दाजुभाइ, बाबुछोरा र बेहुलीका भाइसहित १३ जनाको मृत्यु, ४५ घाइते

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ २३
bus_accident

धनगढी: बैतडीको पुर्चौडी–७ कै बडगाउँ घुम्तीमा जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ। दुर्घटनामा ६ जनाको घटनास्थलमै, पाँच जनाको डडेलधुरा अस्पताल ल्याउँदै गर्दा र २ जनाको स्थानीय कोटिला स्वास्थ्य चौकीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक भानदेव बडूले बताए।

दुर्घटनामा घाइते ४० जनाको डडेलधुरा अस्पताल, बझाङको देउलेक स्वास्थ्य केन्द्र र स्थानीय स्वास्थ्यचौकीमा उपचार भैरहेको छ। गम्भीर घाइते ५ जनालाई धनगढी रेफर गरिएको प्रहरीले जनाएको छ।

बेहुला बेहुली अर्को जीपमा रहेकाले सकुशल रहेका प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते बस चालकको बैतडीको पाटनमा उपचार भैरहेको छ।

पुर्चौडी नगरपालिका वडा– ७ को भौनीबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्किंदै गरेको बस बैतडीको पुर्चौडी–७ को बडगाउँ घुम्तीमा दुर्घटनामा परेको थियो। जिल्ला प्रहरी कार्यालय बैतडीका सूचनाअधिकारी प्रहरी निरीक्षक बडूका अनुसार जन्ती बोकेको पवनदूत यातायातको सुप प्र ०२–००१ ख १११९ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेको थियो।

बसको प्रेसरपाइप फुटेर उकालोमा अत्यधिक भारका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।

ज्यान गुमाउनेहरूमा बेहुलाबेहुलीका आफन्त र इष्टमित्र रहेको बुझिएको छ। एकै परिवारका सदस्यहरूको दुर्घटनामा मृत्यु भएको छ।दुर्घटनामा बेहुलाका काकाहरू सहोदर दाजुभाइ नरेन्द्रराज जोशी र विष्णुदत्त जोशीको मृत्यु भएको छ। यस्तै मृत्यु हुनेमा बाबुछोरा मोहनदेव भट्ट र केशवराज भट्ट, बेहुलीका भाइ सुशील जोशीलगायत रहेका छन्।

मृत्यु हुनेमा बझाङको बिथ्थडचिर गाउँपालिका – ७ बस्ने ४० बर्षीय केशवराज जोशी, १३ बर्षीय अशोक जोशी, ३५ बर्षीय बसन्त जोशी, ४१ बर्षीय विष्णुदत्त जोशी, ४२ बर्षीय नरेशराज जोशी, १७ बर्षीय विशनदत्त जोशी, २८ बर्षीय दीपकराज जोशी, ४५ बर्षीय किसनदत्त जोशी,  केदारस्यु गाउँपालिकाका ६० बर्षीय मोहनदेव भट्ट,२७ बर्षीय केशवराज भट्ट जयपृथ्वी नगरपालिका – ७ का ४० बर्षीय बसन्तराज रतला, बैतडीको पुर्चौडी नगरपालिका– बस्ने ४० बर्षीय पुष्पा अवस्थी, १५ बर्षीय सुशील जोशी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २०८२ माघ २३ गते शुक्रबार ११:५९
प्रतिक्रिया

थप समाचार

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...

‘मिनी टिलर’ गोरुको विकल्प बन्दै

भोजपुर। दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पकारुपमा मिनी टिलरको प्रयोग बढ्दै जान थालेको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको सिद्धकाली सप्लार्यसका प्रोपाइटर बाजिम मगरले...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना