२०८३ कार्तिक १४ गते शुक्रबार

रुख बाहेक अन्य चिन्हमा भोट हाल्नुपर्ने अवस्था छैन : विश्वप्रकाश शर्मा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ २३
vishow

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसको मात्र उम्मेदवारी रहेको दाबी गरेका छन्।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरले आयोजना गरेको निर्वाचन विशेष जिल्ला भेलालाई सम्बोधन गर्दै उपसभापति शर्माले १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसको मात्र उम्मेदवारी रहेको भन्दै रुख बाहेक अन्य चिन्हमा भोट हाल्नुपर्ने अवस्था नहरेको बताएका हुन् ।

‘१६५ वटा निर्वाचन क्षेत्रमा एउटै चुनाव चिन्हमा मतदान गर्न पाइन्छ भने त्यो केवल रुख चिन्ह मात्रै हो। कुनै पनि निर्वाचन क्षेत्रमा रुख बाहेक अन्य चिन्हमा भोट हाल्नुपर्ने अवस्था छैन,’ उनले भने ।

उनले अन्य दलका हकमा भने यस्तो अवस्था नरहेको उल्लेख गरे। ‘कसैको १६२ क्षेत्रमा उम्मेदवारी होला, कसैको १६१। चाहे आफूलाई नयाँ भन्दै ठूलो हल्ला गर्दै आएको दल होस् वा हाम्रो मुख्य प्रतिस्पर्धी नेकपा एमाले नै किन नहोस्, १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसको मात्र उम्मेदवारी छ,’ शर्माले बताए।

उपसभापति शर्माले उम्मेदवार चयन र कार्यकालसम्बन्धी कांग्रेसको नीतिबारे पनि प्रस्ट पारे। ‘एक पटक निर्वाचित भएपछि जनप्रतिनिधिले ५ वर्षका लागि सपथ खाएको हुन्छ। वडा अध्यक्ष, मेयर, प्रदेश सांसद वा संघीय सांसद—सबैको कार्यकाल ५ वर्षकै हुन्छ,’ उनले भने।

उनले कांग्रेसभित्र पनि उम्मेदवार बन्न इच्छुक धेरै भए पनि पार्टीले संस्थागत निर्णयअनुसार अघि बढेको स्पष्ट पारे।

‘नेपाली कांग्रेसले पूर्णबहादुर खड्का सभापति हुँदा गरेको निर्णयअनुसार ५ वर्षका लागि निर्वाचित भएका स्थानीय तहका मेयर, वडा अध्यक्ष तथा प्रदेश सांसदले आफ्नो कार्यकाल पूरा गर्नुपर्छ भनेर पार्टीले उनीहरूलाई पुनः उम्मेदवार बनाएको छैन,’ शर्माले भने।

उनले अन्य दलहरूमा भने प्रदेश सांसद, मेयरलगायत पदमा निर्वाचित व्यक्तिहरू पुनः उम्मेदवार बनेको उदाहरण दिँदै कांग्रेसले पार्टी निर्णय र अनुशासनलाई प्राथमिकतामा राखेको दाबी गरे।

प्रकाशित: २०८२ माघ २३ गते शुक्रबार ०८:३१
प्रतिक्रिया

थप समाचार

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना