२०८३ कार्तिक १४ गते शुक्रबार

बाजुरामा चुनावी सरगर्मी : चार जनाबीच मुख्य प्रतिस्पर्धा हुने संकेत

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ २४
bajura

बाजुरा। आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि वाजुरामा उम्मेदवारहरुले चुनावी अभियानलाई तिब्र बनाएका छन् ।
बाजुराबाट उम्मेदवारी दिएका एक स्वतन्त्रसहित अन्य ७ दलका व्यक्ति अहिले घरदैलो अभियानमा व्यस्त छन्।

जनताको घरदैलोमा पुगेर भोट अपिल गर्न उम्मेदवारलाई भ्याइनभ्याई छ । बाजुरामा मुख्य गरी चार राजनीतिक दलको प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बिच मुख्य प्रतिस्पर्धा हुने देखिएको हो।

कांग्रेसका जनकराज गिरी, नेकपा एमालेका लाल बहादुर थापा, नेपाली कम्युनिष्ट पार्टी नेकपाका प्रकाश बहादुर शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका हेमराज थापा मुख्यगरी चुनावी मैदानमा छन्।अहिले जिल्लामा यिनै चारजनाको माहोल छाइरहेको छ । कांग्रेस आफ्नो विरासत जोगाउने पक्षमा छ ।

एमाले २०७९ को पराजयलाई विजयी बनाउने पक्षका साथ अघि बढिरहेको छ । त्यस्तै नेपाली कम्युनिष्ट पार्टी र रास्वपा पनि आफ्नो जित सुनिश्चित गर्न चुनावी अभियानमा अघि बढेका छन्। यो निर्वाचनमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । अघिल्लो निर्वाचनमा भने नेपाली कांग्रेसले सहज जित निकालेको थियो।

यो निर्वाचनमा कांग्रेस र एमालेलाई समेत चुनौती थपिएको छ । एमाले परित्याग गरि नेकपामा प्रवेश गरेका नेता प्रकाश शाह र सामाजिक अभियन्ता हेमराज थापाले दुई पुराना दल कांग्रेस र एमालेलाई चुनौती दिई रहेका छन्। एक निर्वाचन क्षेत्र रहेको बाजुरामा एक स्वतन्त्रसहित सात राजनीतिक दलका व्यक्ति चुनावी मैदानमा छन्।

जनक गिरी

नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका जनक गिरी कांग्रेसको अनुभवी नेताको रुपमा परिचित छन्। उनलाई पार्टी र देशको लोकतान्त्रिक प्रक्रियालाई मजबुत पार्ने र जनतासंग सिधै संवाद राख्ने नेताको रुपमा लिइन्छ।

गिरी नेपाल सरकारका पूर्व भूमिसुधार सहायक मन्त्रीसमेत हुन्। उनी २०५६ सालमा प्रतिनिधि सभा सदस्य बनेर भूमी सुधार तथा सहायक मन्त्री समेत बनेका थिए । ०३८ सालदेखि विद्यार्थी राजनीति (नेविसंघ) मार्फत अहिलेसम्म उनी राजनीतिमा सक्रिय छन्।

विकासवादी, सादगी र निष्कलंक छवि भएका नेताको रूपमा गिरीलाई लगिन्छ । गिरी भर्खरै सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा समेत चयन भएका हुन् । उनले समावेशी न्याय,लोकतान्त्रिक पद्धति र शान्ति प्रक्रियाका बिषयमा आवाज बुलन्द गर्दै आएका छन्।

लाल बहादुर थापा

नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका नेता थापा निर्वतमान प्रतिनिधि सभा सदस्य हुन् । नेता थापा २०७४ सालको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा बाजुराबाट निर्वाचित भएका थिए।

बाजुराको बुढीगंगा नगरपालिका घर भएका उनी नेकपा एमालेका अनुभवी र प्रभावशाली नेताको रुपमा चिनिन्छन् । जिल्ला स्तरमा पार्टी संगठन मजबुत बनाउन,कार्यकर्ता परिचालान तथा स्थानीय राजनितीक गतिविधिमा थापाको सक्रिय सहभागिता रहन्छ।

प्रतिनिधि सभा सदस्य भई संसदमा गइसके पश्चात् उनले जिल्लाको विकासमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेका थिए । विकास योजनाका साथै यहाँको शिक्षा,स्वास्थ्य, यातायात,सञ्चार लगायत अन्य पूर्वाधारका क्षेत्रमा महत्त्वपूर्ण सुधार समेत भएको थियो।

कानुन बिषयको अध्ययन गरेका थापा अनेरास्ववियुको राजनीतिक यात्राबाट उदय भई अहिले सक्रिय रुपमा राजनीति यात्रामै जीवन व्यथित गर्दै आएका छन्। थापा २०५४ मा जिविस बाजुराका सभापति समेत थिए । संगठन परिचालन र सुदृढीकरणमा नेता थापाको अहम भूमिका रहने गरेको छ ।

प्रकाश शाह

एमालेका प्रभावशाली नेता मानिएका प्रकाश बहादुर शाह एमाले परित्याग गरि नेपाली कम्युनिष्ट पार्टीबाट अहिले चुनाव लडीरहेका छन्। जिल्लामा एमाले संगठन विस्तार,परिचालन र सुदृढीकरणमा शाहको योगदान जिवितै छ।

शाह तत्कालीन सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री समेत हुन् । एमालेका केन्द्रीय सदस्य समेत रहेका शाह एमाले परित्याग गरि नेकपामा आएका थिए । ओलीको अहंकारले एमाले परित्याग गरेको शाहले बताउँदै आएका छन्।

२०७४ पहिलो प्रदेशसभा कार्यकालमा बाजुराबाट निर्वाचित भई सुदूरपश्चिम प्रदेश सभा सदस्य, एमाले संसदीय दलको नेता बनेर करिब चार वर्ष अवधिसम्म आन्तरिक मामिला तथा कानुन,आर्थिक मामिला मन्त्री बनेका थिए।

शाह एमालेमा लगातार दुई पटक केन्द्रीय निर्वाचित नेता हुन् । उनी एमाले निकट अनेरास्ववियुको बाजुरा अध्यक्ष हुँदै एमाले जिल्ला कमिटी अध्यक्षसमेत बनेका थिए । शाह प्रदेशमा मन्त्री हुँदा बाजुराको विकासका निमित्त कटिबद्ध भएर लागेका थिए।

शाहले बाजुरामा आमूल परिवर्तन समेत ल्याएका थिए । अहिले बाजुरामा विकासप्रेमी नेता भनेर शाहलाई मात्रै चिनिने गरिन्छ । शाहको लोकप्रियता र मन्त्री हुँदा बाजुराको विकासमा पुर्याएको योगदानका कारण जनता शाहप्रति निकै उत्साहित र सकारात्मक छन्।

हेमराज थापा

युवा पुुस्ताका हुटुहुटीका रुपमा परिचित छन् रास्वपाका उम्मेदवार हेमराज थापा ।साविकको ब्रमतोला गाविस–२ हालको बुढीगंगा नगरपालिका २ मा जन्मिएका हेमराजलाई गरिव, दुखी पीडित जनताको आवाज बुलन्द गर्ने व्यक्तिको रुपमा चिनिन्छन।

थापा दुःखी पीडितको साहारा मात्र नभई बाजुराका हरेक समस्याहरुको उजागर गर्ने व्यक्तिको रुपमा पनि परिचित छन्। बाजुराका समस्या सिंहदरबारको मुल गेटसम्म पुर्याउन उनको ठुलो भुमिका छ । लामो समयदेखि देशमा भइरहेको अन्याय,अत्याचार,अनियमितता, र भ्रष्टाचारका बिरुद्ध सडकबाट जनताको आवाज बोल्ने व्यक्ति हुन् हेमराज।

बाजुराका हरेक समस्या काठमाडौंमा उठान गर्ने तिनै प्रभावशाली युवा अहिले बाजुराबाट प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट चुनावी मैदानमा छन् । थापालाई निडर, प्रखर र अन्यायका विरुद्ध बोल्ने व्यक्तिको रुपमा पनि लिइन्छ ।

हालको अवस्था

बाजुरामा एक स्वतन्त्र सहित सात दलका व्यक्ति चुनावी मैदानमा छन्। मुख्य चार दलका व्यक्तिबिच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । नौं वटा स्थानीय तह रहेको बाजुरामा ८७ हजार बढी मतदाता कायम छन्।

४५ हजार ४ सय २८ पुरुष र ४२ हजार ४ सय ३१ महिला र अन्य २ जना मतदाता संख्या छन्।जिल्लामा हाल ७७ वटा मतदानस्थल र एक सय १८ वटा मतदान केन्द्र निर्धारण रहेको निर्वाचन कार्यालय बाजुराले जनाएको छ।

यस अघिका निर्वाचनहरु सधैं एमाले र कांग्रेसका उम्मेदवारले बाजी मार्दै आए पनि यस पटकको निर्वाचनमा केही फरक हुने देखिएको छ । ०७९ को निर्वाचनमा कांग्रेसका बद्रीप्रसाद पाण्डे निर्वाचित भएका थिए भने नेकपा एमालेका कर्ण बहादुर थापा पराजित भएका थिए ।

यो निर्वाचनमा केन्द्रविन्दुमा कांग्रेस र एमाले नै देखिएका छन् । तर कांग्रेस र एमालेलाई जित भने सहज छैन् । नेकपा प्रकाश शाह र रास्वपाका हेमराज थापा कांग्रेस र एमालेका लागि चुनौति बनेका छन्।

जिल्लामा ६२ वटा मतदान स्थललाई अति संवेदनशीलको सूचिमा राखिएको छ ।सम्भावित जोखिम, विगतका निर्वाचन अनुभव, भौगोलिक अवस्था, राजनीतिक गतिविधि तथा स्थानीय परिस्थितिलाई आधार मानी सुरक्षा व्यवस्था कडाइ गरिने छ। बाजुरामा २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा दुई जनाले ज्यान समेत गुमाएका थिए।

प्रकाशित: २०८२ माघ २४ गते शनिवार ११:०८
प्रतिक्रिया

थप समाचार

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना