२०८३ कार्तिक १५ गते शनिवार

सरकारले स्वास्थ्य बीमा बन्द हुन दिनु हुँदैनः प्रदीप पौडेल

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ २६
prdeep_poudel

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप पौडेलले आफू नेतृत्वमा रहँदा प्रतिबद्धताअनुसार सुधार कार्य अघि बढेको भए पनि अहिले अवरोध आएकोमा दुःख प्रकट गरेका छन्।

‘बीमा हामी हुँदा कहिं बन्द भएको थिएन,’ उनले भने,‘यो सरकारले पनि बन्द हुन दिनु हुँदैन।’

काठमाडौं ५ मा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफू स्वास्थ्य तथा जनसंख्या मन्त्रीका रुपमा रहँदा स्वास्थ्य बीमाको सुधार गर्दै नीतिगत तथा व्यवहारिक सुधार अघि बढाएर कानूनी संसोधन गर्ने चरणमा पुगेका बेला सरकारबाट बाहिरिए पछि त्यो प्रक्रिया रोकिएको उनले गुनासो गरे।

‘स्वास्थ्य बीमा बन्द भयो भने नागरिकले उपचार गर्नै नसक्ने भयावह स्थिती आउँछ,’ उनले भने।

स्वास्थ्य बीमा सुधारको स्पष्ट दृष्टिकोणसहित प्रतिवेदन बनाएर राष्ट्रिय सभामार्फत कानून संसोधन हुने कार्यसूचीमा रहेको उनले सुनाए।

उनले आफू नेतृत्वमा रहँदा सुधार गरेकै आधारमा विपन्न सुविधासहित ३ लाखदेखि साढे ७ लाख रुपैयाँ सम्म प्राप्त गर्ने अवस्था सिर्जना भएको भन्दै स्वास्थ्य बीमालाई सुधार मात्रै विकल्प भएको बताए।

‘हामीले तयार गरेको प्रतिवेदनको आधारमा प्रक्रिया लागु गर्ने हो भने एक वर्षमा एक खर्ब रुपैयाँसम्म बीमाले आम्दानी गर्छ,’ उनले भने, ‘त्यसो भए चाहिनेलाई पाँच लाख रुपैयाँ दिन कुनै गाह्रो हुने छैन। हामीले कसरी गर्ने, कसलाई दिने सबै तय गरेर छाडेका छौं।’

क्षेत्रको विकासमा प्रशस्त काम

विगतमा काठमाडौं ५ को सांसद रहँदा क्षेत्रमा विकासका धेरै काम गरेको दाबी गरेका महामन्त्री पौडेलले रिङ रोडको विस्तारको काममा दबाब दिन संसदमा प्रस्ताव लानेदेखि दबाब यात्रासम्म गरेको र अहिले नतिजा देखिएको बताए।

‘अब बसुन्धरासम्म दोश्रो काम चीनले गर्ने गरी अगाडि बढेको छ। महाराजगञ्जदेखि मण्डिखाटारसम्म अघिल्लो बजेटले काम भैरहेको छ। यो वर्ष बजेट परे पनि सरकारले निर्वाचनका लागि पैसा जोहो गर्न रद्द गरेको छ। तर, बन्ने सुनिश्चित छ।’

उनले मेलम्चीको खानेपानी रिंगरोड बाहिर पनि जाने संयन्त्र बनाउनेदेखि चुहावट नियन्त्रणसम्मका काम भएको बताए।

सार्वजनिक जग्गा संरक्षणमा मन्त्रिपरिषदबाट निर्णय गराउनेदेखि निजी जग्गासम्म किन्ने निर्णय गराएर जोगाएको उनले बताए।

पौडेलले स्थानीय तहसँग मिलेर स्थानीय बाटा र विकासका कामलाई अगाडि बढाउन समन्वयकारी भूमिका गरेको कारणले थुप्रै काम अगाडि बढेको बताए। हाल विष्णुमति करिडोरअन्तर्गतका काम त्यसैको नतिजा भएको उनको भनाइ छ।

महामन्त्री पौडेलले संसदमा निजी विधेयक लैजाने आफू मात्र भएको भन्दै सांसदका रुपमा रहँदा ५ सार्वज्निक महत्वको प्रस्ताव सँगै कुनै पनि ऐनमा जनचासो हेरेर संसोधन प्रस्ताव राखिएको बताए।

सबैको आर्शीवादले मन्त्री भएको भन्दै उनले त्यस अवधिमा किशोरीहरुको ज्यान रक्षा गर्न पहिलो पटक पाठेघरको मुखको क्यान्सरविरुद्ध १५ लाखलाई खोप दिएर राष्ट्रिय कार्यक्रम थालिएको स्मरण गरे।

नसक्नेका लागि जलनको उपचार निःशुल्क भएकोसमेत उनले बताए।

आफ्नो विगतको कामका आधारमा सगौरव कांग्रेसका अग्रजहरुले दलका पक्षमा भोट माग्न मिल्ने अवस्था रहेको भन्दै उनले आफूलाई परिपक्व युवाका रुपमा प्रस्तुत गरे।

 

प्रकाशित: २०८२ माघ २६ गते सोमबार ०७:४५
प्रतिक्रिया

थप समाचार

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...

‘मिनी टिलर’ गोरुको विकल्प बन्दै

भोजपुर। दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पकारुपमा मिनी टिलरको प्रयोग बढ्दै जान थालेको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको सिद्धकाली सप्लार्यसका प्रोपाइटर बाजिम मगरले...

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ: चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना