२०८३ कार्तिक ११ गते मङ्गलबार

उम्मेदवारलाई गाउँ पुगेर भोट माग्न हतारो, किसानलाई उखु काट्ने चटारो (फोटोफिचर)

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ २७
Ukhu_sugarcane (16)

काठमाडौँ: देशमा चुनाव लागेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारहरू गाउँ–गाउँमा पुगेर भोट माग्न व्यस्त छन्। विभिन्न राजनीतिक दलका नेताहरू भोट माग्न घरदैलोमा व्यस्त छन्।

उम्मेदवारहरू भोट माग्ने हतारोमा रहँदा किसानहरू भने उखु काट्ने चटारोमा छन्। बारामा नगदे बालीका रूपमा रहेको उखु बिक्रीको सिजन सुरु भएसँगै किसानलाई उखु काट्न चटारो बढेको हो। बिहानदेखि साँझसम्म खेतबारीमै खटिएर किसानहरू उखु काट्ने र चिनी मिलसम्म पुर्‍याउने तयारीमा जुटेका छन्। उखु खेती किसानका लागि घरदैलोमै रोजगारीको माध्यम बनेको छ भने यसले धेरैको जीवनस्तरमा सुधार ल्याएको उनीहरू बताउँछन्।

बारामा रहेको एक मात्र चिनी उद्योग रिलायन्स सुगर मिल्समा उखु बिक्री गर्न किसानहरू व्यस्त देखिन्छन्। सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि उखुको न्यूनतम मूल्य प्रति क्विन्टल ६२० रुपैयाँ तोकेको छ भने ७० रुपैयाँ अनुदान थप गरी किसानले कुल ६९० रुपैयाँ पाउने व्यवस्था गराएको छ। तर उत्पादन लागत बढेको भन्दै किसानहरूले यो मूल्य अपर्याप्त भएको गुनासो गरेका छन्। किसान प्रतिनिधिहरूले ७५० रुपैयाँ प्रतिक्विन्टल माग गरेका थिए। मूल्य निर्धारणमा सहमति नजुट्दा हरेक वर्ष जस्तै यसपालि पनि किसान प्रतिनिधि र चिनी मिलका प्रतिनिधिबीच किचलो देखिएको छ।

उखु खेती बाराका किसानका लागि अझै पनि प्रमुख नगदे बालीका रूपमा रहेको छ। उचित मूल्य र समयमा भुक्तानी पाएमा उखु खेतीले ग्रामीण अर्थतन्त्रलाई थप बलियो बनाउने किसानहरूको अपेक्षा छ। नेपालमा उखु लगाउने समय फागुनदेखि वैशाखसम्म पर्छ भने रोपेको करिब १० देखि १२ महिनापछि अर्थात् मंसिरदेखि फागुनसम्म उखु काट्ने उपयुक्त समय हुन्छ। यही कारण जाडो याम सुरु भएसँगै उखु काट्ने र चिनी मिलमा पठाउने काम तीव्र हुने गर्छ।

प्रकाशित: २०८२ माघ २७ गते मङ्गलबार १२:५१
प्रतिक्रिया

थप समाचार

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

काठमाडौं उपत्यकामा खुम्चिँदैछ खेतीयोग्य जमिन (तस्विरहरू)

काठमाडौँ उपत्यका एकताका धानलगायत अन्य खाद्यान्नको खेतीका लागि निकै प्रसिद्ध थियो। उपत्यकाका काठ क्षेत्र एक प्रकारले कृषि उत्पादन केन्द्र मानिन्थ्यो। परालका कुन्युहरूको आकर्षण खास हुने...

सुनसान बन्यो काठमाडौँ उपत्यका: सडक खाली, पसल बन्द (तस्बिरहरू)

दशैँ मनाउन उपत्यकाबाहिर जानेको संख्या बढेसँगै काठमाडौँ उपत्यका सुनसान बनेको छ। सधैँजसो सवारीसाधन र मानिसको चहलपहल रहने सडकहरू अहिले खाली देखिन थालेका छन् भने अधिकांश पसल तथा व्यवसायसमेत...

बाजुराका विभिन्न खेतमा पहेँलपुर भएर पाकेको धानबाली (तस्बिर)

बाजुराका ९ वटै स्थानीय तहमा यतिवेला धानवाली पाकेर पहेँलुपर अवस्थामा छ। यहाँका किसानलाई एकातिर दशैँ तिहारको रौनकता छ, भने अर्कोतिर पाकेको धानवाली भित्र्याउन चटारो छ।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना