काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवा मंगलबार राती १२ बजेट नियमित फलोअप उपचारका लागि सिंगापुर गएका छन्। देउवा गए राती १२ बजे सिंगापुर एयरलाइन्सको विमानमार्फत उपचारार्थ सिंगापुर गएको उनको सचिवालयले बताएको हो।
सभापति देउवा नियमित फलोअपका लागि सिंगापुर गएका हुन्। देउवासँग पत्नी आरजु पनि सिंगापुर गएकी छन्। देउवा पेटमा खराबी देखिएपछि नियमित फलोअपका लागि सिंगापुर गएका हुन्।
देउवाले पेटसम्बन्धी समस्या देखिएपछि केही वर्षदेखि सिंगापुरको अस्पतालमा नियमित उपचार गराउँदै आएका छन्। पेटसम्बन्धी उपचारको फलोअपका लागि २–२ वर्षमा जानुपर्नेमा देउवा १ वर्ष ढिलो गरी सिंगापुर गएका हुन्। देउवा साता दिनपछि काठमाडौं फर्किने उनको सचिवालयले बताएको छ।
