२०८३ कार्तिक १२ गते बुधबार

पर्वतमा चुनाव केन्द्रित साइबर गतिविधिमाथि निगरानी कसले गर्ने?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ २९
fake

पर्वत: जिल्लाका स्वतन्त्र र निष्पक्ष युवाहरूको समूहले जिल्लामा भइरहेका चुनाव केन्द्रीत साइबर गतिविधि, मतदाता प्रभावित पार्ने प्रयास तथा आचारसंहिता उल्लंघनका घटनाहरूलाई सूक्ष्म रूपमा अध्ययन र विश्लेषण गरिरहेको जनाएको छ। समूहले हालै गरेको अनुगमनका क्रममा ठूलो संख्यामा फेक (नक्कली) सामाजिक सञ्जाल खाता खोलिएको र ती खाताहरू सक्रिय पारिएको तथ्य फेला परेको जनाएको छ।

समूहका अनुसार ती नक्कली खाताहरू प्रायः जनवरी २५ पछि खोलिएका हुन्। ती खाताहरूबाट अपरिचित वालमा गएर फेक प्रतिक्रियाहरू जनाउने, दण्डहीनतालाई प्रशय दिनेजस्ता जनगतिविधि भइरहेको पाइएको छ। विशेषगरी त्यस्ता नक्कली खाता नेकपा एमाले समर्थकहरूका रहेको ‘कालीगण्डकी बचाऔँ अभियान’का अभियन्ता एवम् स्वतन्त्र पत्रकार आरके अदीप्त गिरी बताउँछन्।

उनले यस किसिमका गतिविधिले स्वच्छ, निष्पक्ष र पारदर्शी निर्वाचन प्रक्रियामा असर पार्न सक्ने भन्दै गम्भीर चासो व्यक्त गरे। ‘गालीगलौचको भाष्य उत्पादन गर्ने कारखाना जस्तो देखिएको छ पर्वतको राजनीति। अर्को विडम्बना, लोकतन्त्र रक्षार्थ दह्रो गरी उभिनुपर्ने नागरिक समाज मौन बस्दा पनि समाजले यी र यस्ता दुर्दशा बेहोर्नुपरेको छ,’ उनले भने। गलत र भ्रमपूर्ण सूचना प्रवाहले लोकतान्त्रिक प्रणाली, सामाजिक संस्कार र अभ्यासलाई प्रभावित गर्ने भन्दै दलीय राजनीति गर्नेले आफैँ यो नियन्त्रणमा सक्रिय हुनुपर्ने उनको भनाइ छ।

गालीगलौज र आरोप-प्रत्यारोपको संस्कृतिले राजनीतिप्रतिको विश्वास घटाउने र अराजकता बढाउनेमा उनको चिन्ता छ। समाजमा यस्तै राजनीतिक ‘प्रतिशोध र इगो’ बढ्दै जाने हो भने अराजकताका घटनाहरूले प्रसय पाउने र दण्डहीनता मौलाउनेमा उनको तर्क छ। आफ्नो पार्टीको देश बनाउने प्रतिबद्धता के हो? अन्तर्राष्ट्रिय सम्बन्ध के हो? आर्थिक नीति के हो? सुशासनको मोडालिटी र एजेन्डा के हो? जस्ता विषयमा संवाद र प्रतिकृया दिनुपर्नेमा जोडतोडले नीराधार र तथ्यहीन गालीगलौचमा उत्रिने प्रवृत्ति बढिरहेको छ।

यो व्यक्तिको मानव अधिकारको माथिको हनन, विभेद र अपमान मात्रै नभइ नागरिकको त्याग र बलिदानको उपहास र भद्दा मजाक भएको संरक्षणकर्मी गिरी बताउँछन्।

फरक टिप्पणी र आलोचना गर्ने व्यक्तिलाई दर्जनौँ फेक अकाउन्ट बनाएर आक्रमणमा उत्रिने प्रवृत्ति बढेको युवा संजालका सचिव मदन पौडेलले बताए। निराधार गाली बर्साउने र समाजलाई मुठभेडतिर लैजान उक्साउने यस्तो प्रवृत्ति रोक्न सम्बन्धित निकायले यथाशीघ्र कदम चाल्नुपर्ने उनको भनाइ छ।

‘जनताले चाहेको सुशासन हो। भदौ २३ को प्रदर्शनको माग पनि सुशासनकै थियो। सुशासन माग्नु सबै नेपालीको जायज हक हो। योभन्दा पनि आपराधिक प्रवृत्तिका मानिस सामाजिक संजालमा घृणित तवरले प्रस्तुत हुनु लजास्पद विषय हो। लोकतन्त्रमा खुल्ला संवाद गर्न पाइन्छ तर यहाँ त घृणित राजनीति भो, लोकतन्त्रको उपहास भो,’ पौडेले भने।

सामाजिक सञ्जालमा परिचयविहीन (फेसलेस) अकाउन्ट बनाएर भैरहेको चुनाव केन्द्रित साइबर गतिविधि पर्वतको डरलाग्दो राजनीतिक विकृति भएको युवा सञ्जालका संयोजक समुन्द्र गिरीले बताए। यसले स्वच्छ, निष्पक्ष र पारदर्शी निर्वाचन प्रक्रियामा असर पार्नुका साथै समाजमा पनि बिचलन ल्याउन भय पैदा गरेको उनको भनाइ छ।

स्वतन्त्र रुपमा जिल्लाका बेथिति, विसङ्गति, भ्रष्टाचार, सामाजिक- प्राकृतिक न्यायको सवालमा साझा आवाज उठाउँदै आएको युवा सञ्जाल, पर्वतले यस्ता प्रवृत्तिहरूबारे देशभर अन्य जिल्लाका युवाहरूलाई पनि निगरानी गर्नेगरी सक्रिय हुन आह्वान गरेको छ।

प्रकाशित: २०८२ माघ २९ गते बिहिबार ११:२२
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि नेपाल टेलिकमको ५९९ रुपैयाँको प्याकेज, दैनिक ८ जीबी डेटा

नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ लाई लक्षित गर्दै ‘एनपीएल अनलिमिटेड प्याकेज’ सार्वजनिक गरेको छ। कम्पनीले प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्तालाई लक्षित गरी ५९९ रुपैयाँमा...

प्रयोगकर्ताको डेटा दुरुपयोग गरेको आरोपमा मेटालाई २५ अर्ब डलर जरिवाना

यो मेटाविरुद्ध हालसम्म तोकिएको सबैभन्दा ठूलो जरिवाना हो। राज्यका कानुन व्यवसायीका अनुसार मेटाको गलत जानकारी र डेटा व्यवस्थापनसम्बन्धी गतिविधिबाट न्यु मेक्सिकोका करिब २० लाख बासिन्दा प्रभावित...

पीएचपीमा गम्भीर सुरक्षा कमजोरी फेला परेपछि नेपालका अधिकांश सरकारी वेबसाइट बन्द

काठमाडौँ: विश्वभर पीएचपी प्रविधिमा देखिएको गम्भीर सुरक्षा जोखिमका कारण नेपालका अधिकांश सरकारी वेबसाइट तथा अनलाइन प्रणालीहरू अस्थायी रूपमा बन्द गरिएको छ। सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र...

एआईले खोल्दैछ इतिहासका पुराना रहस्य

दुई सय वर्षभन्दा बढी समयदेखि रहस्य बनेको नेपोलियन बोनापार्टको युद्धकालीन गोप्य सन्देश कृत्रिम बौद्धिकता (एआई) को सहायताले केही घण्टामै पढ्न सकिएको छ। यसले ऐतिहासिक अभिलेखमा लुकेका रहस्य पत्ता...

१७ करोड खर्चिएर बनाएको मौसमी रडार २ वर्षदेखि बन्द, तीन प्रदेशको पूर्वसूचना प्रणाली प्रभावित

करोडौँ रुपैयाँ खर्चेर स्थापना गरिएको यो प्रविधि लामो समयदेखि बन्द हुँदा त्यसबाट प्राप्त हुनुपर्ने तथ्यांक र सूचनाको उपयोग गर्न सकिएको छैन।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना