काठमाडौँ: जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ। जसपा नेपालले शिशु कक्षादेखि उच्च तहसम्म नि:शुल्क शिक्षा तथा सबै नागरिकलाई नि:शुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
प्रत्येक प्रदेशमा कृत्रिम बौद्धिकता (एआई)मा आधारित आधुनिक प्रविधियुक्त अध्ययन तथा अनुसन्धान केन्द्रको स्थापना एवं हरेक प्रदेशमा कम्तीमा एउटा अत्याधुनिक बहुबिशिष्टिकृत सेवाप्रदायक अस्पताल एउटा स्वास्थ्य विज्ञान प्रतिस्थान स्थापना गर्ने बताइएको छ। साथै हरेक स्थानीय तहमा एउट सुविधासम्पन्न अस्पताल समेत खोल्ने घोषणा जसपा नेपालले गरेको छ।
यस्तै हालको संविधानले निकास नदिने भन्दै उच्चस्तरीय संविधान पुनरावलोकन आयोग गठन गरी आयोगको सुझावका आधारमा संविधान संशोधन एवं परिमार्जन तथा पुनर्लेखन गर्न आवश्यक रहेको बताएको छ। उक्त कार्यका लागि पहल गर्ने प्रतिबद्धता जसपा नेपालले जनाएको छ।
पूर्णपाठ


