काठमाडौं। नेपाली काँग्रेसले आउँदो आइतबार प्रतिज्ञापत्र सार्वजनिक गर्ने भएको छ। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेसले आइतबार आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गर्ने भएको हो।
सानेपास्थित काँग्रेसको केन्द्रीय कार्यालयमा दिँउसो २ बजे प्रतिज्ञापत्र सार्वजनिक हुने प्रवक्ता देवराज चालिसेले जानकारी दिए। काँग्रेसले यसपाली घोषणापत्रका साटो प्रतिज्ञापत्र भनेको छ।


