अछाम: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट अछाम २ का उम्मेदवार रहेका राजेश रावल चुनावी मैदानबाट बाहिरिएका छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार भूपदेव शाहलाई समर्थन गर्नेगरी सहमति गरेका हुन्।
मंगलसेनमा आइतबार भएको सहमति अनुसार दुवै पक्षले परिवर्तनमुखी राजनीति र सुशासनलाई प्राथमिकता दिँदै आगामी निर्वाचनमा संयुक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सहमतिअनुसार शाहले रावलले उठाएका महत्वपूर्ण एजेन्डाहरूलाई आफ्नो सार्वजनिक प्रतिबद्धताका रूपमा स्वीकार गरेर कार्यान्वयनका लागि प्रतिबद्धता जनाएका छ्न । विशेषगरी सडक सञ्जाल विस्तार, विद्युत आपूर्ति सुधार, स्वास्थ्य सेवा सुदृढीकरण, गुणस्तरीय शिक्षा र सुरक्षित खानेपानीको पहुँच सुनिश्चित गर्ने विषयलाई प्राथमिक कार्यसूचीमा राखिएको छ।


