काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ५ वर्षे स्थायी सरकारलाई लागि प्रत्यक्ष र समानुपातिक दुवैतर्फ सबैतिर रास्वपालाई भोट दिन आग्रह गरेका छन्। कैलालीको धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले जनताको अधिकार, मुद्दा, सुदूरपश्चिमको मुद्दा र अधिकारलाई माग बनाएर वर्षौँसम्म अल्झाउने पुराना दलको सटर बन्द हुनुपर्ने उनले बताए।
पुराना दलको पछि नलाग्न भन्दै उनले भने, ‘‘सटर त एउटा बन्द हुनुपर्छ। कि हाम्रो सटर बन्द गराइदिनुस् कि यिनको गर्नुस्। कुशासनको सटर बन्द गर्ने हो। बेथितिको सटर बन्द गर्ने हो। बेरोजगारी, अशिक्षा सबै सटर बन्द गर्ने हो एकैपटक २१ गते, भोट हाल्ने हैन इतिहास बदल्ने हो।’
उनले यसपटकको चुनावमा भारतमा रहेका सुदूरपश्चिमका मतदानका लागि छुट्टी लिएर भए पनि भोट हाल्न आग्रह गरे।
उनले यसपटक मत नबाँड्न भन्दै सिंहदरबार बनाउने मात्रै नभइ बदल्ने बताए। उनले भने, ‘मान्छेहरू सिंहदरबार जलेको कुरा गर्दैछन्। सिंहदरबार बनाउने हो। सिंहदरबार बनाउनेभन्दा पनि अब बदल्ने हो।’


