काठमाडौँ: नेकपा एमालेले आगामी निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। बिहीबार अध्यक्ष केपी शर्मा ओलीले पार्टीको घोषणापत्र सार्वजनिक गरेका हुन्।
घोषणापत्र सार्वजनिक गर्दै ओलीले आगामी ५ वर्षमा मुलुकको अर्थतन्त्र १०० खर्ब डलर पुर्याउने बताए। १० वर्षमा दुई खर्ब रुपैयाँ अर्थतन्त्रको आकार बनाउने लक्ष्य लिएको र यसका लागि आर्थिक वृद्धि सातदेखि ९ प्रतिशत गर्ने लक्ष्य एमालेको छ।
घोषणापत्रमा एमालेले युवालक्षित कार्यक्रमहरू पनि प्राथमिकता दिएको छ। प्राविधिक धारमा उच्च शिक्षा पढ्न चाहने विद्यार्थीलाई २० लाख रुपैयाँसम्म निर्व्याजी ऋण दिने घोषणापत्रमा भनिएको छ। सरकार सेवा, निजी व्यवसाय र अध्ययन क्षेत्रमा न्युनतम पारिश्रमिकसहित इन्टरनेटको प्रबन्ध गर्ने बाचा एमालेले गरेको छ।
यस्तै युवालाई लक्षित योजना डिजिटल अर्थतन्त्र प्रतिव्यक्ति १० हजार डलरबराबरको कार्ड दिने योजना ल्याएको छ। सूचना प्रविधि क्षेत्रमा आईटी/टेक अनुसन्धान, उत्पादन, विकास तथा निर्यात प्रवर्द्धनका लागि व्यवसायमार्फत अनलाइन अन्तर्राष्ट्रिय कारोबारलाई सहज बनाउ युवालाई प्रतिव्यक्ति १० हजार अमेरिकी डलर बराबरको बैंक कार्ड उपलब्ध गराउने घोषणापत्रमा भनिएको छ।
यस सुविधानले स्टार्टअप उद्यममा जोडिन चाहने युवालाई एआई, कन्टेन्ट क्रियसन, डिजिटल मार्केटिङ, एप विकास तथा अन्य आईटी र अनलाइन सेवासम्बन्धी तालिम तथा सेवा उपयोग गर्न सहज बनाइ १० लाख युवालाई रोजगार बनाउने विश्वास गरिएको छ।
विदेशमा नेपाली उद्यमीले कम्पनी स्थापना थर्न तथा विदेशी कम्पनीमा कुनै पनि प्रकृतिको सेयर खरिद गर्न व्यवसायलाई थप सहज र व्यवस्थित बनाउने प्रतिबद्धता एमालेले जनाएको छ।
यसैगरी वैदेशिक रोजगारीमा रही नेपालमा रेमिट्यान्स पठाइरहेका श्रमिकको सम्मानस्वरूप उनीहरूको बैंक खातामा वार्षिक ५ हजार दिने र वैदेशिक रोजगारीमा रहेका सबै श्रमिकलाई योगदानमा आधारित सुरक्षा प्रणालीमा निरन्तरता दिने भनिएको छ।
सबै विद्यालयका किशोरीलाई नि:शुल्क प्याड उपलब्ध गराउने तथा १० कक्षासम्मका विद्यार्थीलाई दिवा खाजाको प्रवन्ध गर्ने घोषणापत्रमा भनिएको छ।
श्रमिकको सीप, कौशल र उत्पादकत्व बढाउँदै न्युनतम पारिश्रमिक २५ हजार रुपैयाँ पुर्याउने प्रतिबद्धता जनाएको छ।
२० लाखसम्मको उद्यममा महिलालाई निर्व्याजी ऋण, २० हजार सत्केरी भत्ता र ५ लाखको नि:शुल्क जीवन बीमा गर्ने भनिएको छ।


