काठमाडौँ: नेकपा एमालेले जेनजी युवालाई लक्षित गरी नि:शुल्क इन्टरनेट सेवाको बाचा गरेको छ।
बिहीबार आगामी निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गर्दै एमालेले युवालाई ५ वर्षभित्र निःशुल्क इन्टरनेट सुविधा दिने बताएको छ।
१८ देखि २८ वर्ष उमेर समूहका युवाहरूलाई एक वर्षसम्म प्रत्येक महिना १० जीबी इन्टरनेट डाटा निःशुल्क उपलब्ध गराउने घोषणापत्रमा भनिएको छ।
यस्तै डिजिटल पहुँच विस्तार गर्दै युवालाई प्रविधिमैत्री बनाउने योजना एमालेले अघि सारेको छ।


