काठमाडौँ: नेकपा एमालेले आगामी निर्वाचनपछि आफ्नो सरकार बनेमा गरिब परिवारको ऋण मिनाह गर्ने बताएको छ।
बिहीबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै राज्यद्वारा गरिब परिवारको पहिचान भएका घरपरिवारले बैंक तथा वित्तीय संस्थाबाट लिएको २५ हजारसम्म ऋण मिनाह गर्ने बताएको हो।
यस्ता सबै परिवारलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आवद्ध गरिने घोषणापत्रमा भनिएको छ।


