२०८३ कार्तिक १४ गते शुक्रबार

एमालेसँग किसान र श्रमिकलक्षित कार्यक्रम के छन्?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण ७
65dc57c7-a1fd-40f5-bcd3-9882e0be60e6

काठमाडौँ: नेकपा एमालेले आगामी निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। घोषणापत्रमा एमालेले  ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने संकल्प दोहोर्‍याएको छ।

एमालेले श्रमिकको सीप, कौशल र उत्पादकत्व बढाउँदै न्युनतम पारिश्रमिक २५ हजार रुपैयाँ पुर्‍याउने प्रतिबद्धता जनाएको छ।

रोजगारीका नयाँ अवसर सिर्जना गर्न वैदेशिक लगानीका लागि अनुकूल वातावरण विकास गर्ने र देशमै रोजगारी सिर्जना गरी विदेश जानुपर्ने बाध्यात्मक परिस्थिति अन्त्य गर्ने एमालेको भनाइ छ। सीपमूलक र व्यावहारिक उच्च शिक्षाको विस्तार तथा आईटी, डिजिटल र रिमोर्ट रोजगारीका अवसर सिर्जना गरी युवाका लागि स्थानीय रोजगारी, उद्यमशीलता र स्टार्टअप र नवप्रवर्तनका लागि प्रभावकारी कार्यक्रम तर्जुमा गरी दक्ष र सीमयुक्त श्रमिकलाई क्रमश स्वरोजगार बनाउने घोषणा एमालेले गरेको छ।

कृषि उत्पादनको आधुनिकीकरणमार्फत व्यावसायिक खेती, किसानहरूको सामुहिक खेती, करार खेती र खाद्य प्रशोधन उद्योग विस्तार गरेर उल्लेखनीय मात्रामा रोजगारीको अवसर सिर्जना गर्ने घोषणापत्रमा भनिएको छ।

कृषि उत्पादनको परम्परागत संरचनालाई ‘आधुनिक उद्यम व्यवसाय’मा रूपान्तरण गर्ने एमालेको कार्यक्रम छ।  कृषिको आधारभूत ढाँचा परिवर्तन गर्न नीतिगत र कानुनी सुधार गर्ने, आधुनिक मेसिन, उपकरण र प्रविधिको प्रयोग गरेर उद्यमशील युवाहरूले सञ्चालन गर्ने नाफामूलक उद्योगको रूपमा कृषि व्यवसायको विकास गर्ने, मझौला वा ठूला स्केलका खेती तथा पशु, पंक्षी, मत्स्य तथा मौरीपालनका फर्महरू सञ्चालन गर्ने कृषि उद्यमीहरूलाई सहुलियत ऋण, बीमा सुविधा र सार्वजनिक जग्गा सहुलियत दरमा लिजमा उपलब्ध गराउने भनिएको छ।

जमिन, वित्तीय स्रोत र साधन, कृषि उपजको समर्थन मूल्य, बीमा र व्यावसायिक उत्पादकसँग अग्रिम कृषि उपज खरिद सम्झौतासहितको भूमि बैंकको व्यावसायिक ‘इकोसिस्टम’ निर्माण गर्ने लक्ष्य लिइएको छ।

जैविक मल, रोग–किरा नियन्त्रण, रैथाने बीउको संरक्षण, प्रवर्द्धन र स्तरोन्नति गरी सामुदायिक बीउ बैंकमा रूपान्तरण गर्ने, नस्ल सुधारको अनुसन्धान तथा खोजको कार्ययोजनासहित कार्यान्वयन गर्ने, दक्ष कृषि प्राविधिक किसानको गोठ र खेतसम्म पुर्‍याउने र यसका लागि आधारभूत तहदेखि नै कृषि शिक्षाको व्यवस्था गर्ने एमालेले भनेको छ। एक वडा एक कृषि प्राविधिकको व्यवस्था गर्न कृषि विज्ञान शिक्षालाई प्रोत्साहित गर्ने तथा सबै वडामा कम्तीमा एक अगुवा किसान स्वयंसेवक तयार गरी परिचालन गर्ने भनिएको छ।

कृषि क्षेत्रको जनशक्ति विकास गर्दै कृषि अनुसन्धान, शिक्षा र प्रसारबीचको सम्बन्धलाई प्रभावकारी बनाउने, कृषि अनुदान, ज्ञानकेन्द्रको प्राविधिक सहयोग, प्रसार सेवा र समर्थन मूल्यको कार्यान्वयनलाई जवाफदेही, पारदर्शी र प्रभावकारी तुल्याउने, उत्पादनका फर्महरूका लागि प्राथमिकताका साथ सिँचाइ पूर्वाधार निर्माण गर्ने, सडकले जोड्ने र विद्युत आपूर्ति नियमित गर्ने र गुणस्तरीय मल–बीउ समयमै उपलब्ध गराउने एमालेले भनेको छ।

कृषि उपजको संकलन, भण्डारण, ग्रेडिङ र प्रोसेसिङ गरी मूल्य अभिवृद्धि गर्ने, बजारसम्मको नेटवर्क तयार गर्ने र उपयुक्त मूल्यमा बिक्री गरी कृषकले नाफा आर्जन गर्न सक्ने बनाउने उद्देश्यले स्थानीय तहमार्फत ‘एग्रो प्रोसेसिङ जोन तथा लजिस्टिक्स नोड्स’ सञ्चालनका लागि पूर्वाधार र सेवा राज्यबाट उपलब्ध गराउने घोषणापत्रमा भनिएको छ।

नेपाललाई अर्गानिक उत्पादनको ‘हब’ बनाउन यस्तो उत्पादन र व्यवसाय सञ्चालनका लागि उपयोगमा नरहेको सार्वजनिक जमिन सहुलियत दरमा उपलब्ध गराउने, माटो परीक्षण निःशुल्क गर्ने, सर्टिफिकेसन, ब्रान्डिङ र विदेशी बजारमा निर्यातका लागि राज्यबाट वित्तीय सहजीकरण र प्राविधिक सहयोग उपलब्ध गराउने, उच्च मूल्यका तरकारी, फलफूल, अलैंची, मसला, जडीबुटी, चिया, कफी र बीउहरू ठूलो परिमाणमा उत्पादन गरी निर्यात गर्ने कृषि उद्यमीहरूलाई उत्पादनमा आधारित निर्यात अनुदान उपलब्ध गराउने चुनावी घोषणापत्रमा एमालेले समेटेको छ।

खाद्य सुरक्षाका दृष्टिले सर्वाधिक महत्वपूर्ण धान, गहुँ, मकै, कोदो, फापर लगायत प्रमुख खाद्यान्न बालीहरू ठूलो परिमाणमा उत्पादन गर्ने कृषकहरूलाई कृषि सामग्री र उत्पादनपछिको सेवामा उत्पादनमा आधारित अनुदान उपलब्ध गराउने,  दूध, अण्डा, माछा र मासुमा आत्मनिर्भर हुँदै निरन्तर गुणस्तर सुधार गर्न प्राथमिकता दिने, आधुनिक प्रविधिमा ठूलो परिमाणमा पशुपालन, पंक्षीपालन, मत्स्यपालन र मौरीपालन गर्ने उद्यमीहरूलाई पूर्वाधार निर्माणमा अनुदान उपलब्ध गराउने र खाद्यान्नको आयातलाई आन्तरिक उत्पादनबाट क्रमशः प्रतिस्थापन गर्ने भनिएको छ।

सिँचाइको समस्या समाधानका लागि तराई–मधेश, पहाड र उपत्यकामा ठूला तथा मझौला सिँचाइ पूर्वाधार निर्माण गर्ने एमालेले घोषणा गरेको छ।  कृषकहरूले व्यवस्थापन गरेका सिँचाइ प्रणालीहरूको स्तरोन्नति गरी खेतीयोग्य जमिनमा बाह्रै महिना सहज रूपमा सिँचाइ सुविधा पुर्‍याउने भनिएको छ।

त्यसका लागि बबई, भेरी–बबई, सुनकोशी–मरिन, रानी–जमरा–कुलरिया, सिक्टा सिँचाइलगायतका आयोजनाहरूको निर्माण कार्य सम्पन्न गर्ने घोषणापत्रमा भनिएको छ। प्रदेश र स्थानीय तह समेतको सहकार्यमा आगामी पाँच वर्षभित्र थप तीन लाख हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गरी ७५ प्रतिशत पुर्‍याउने एमालेले बताएको छ।

तराई र उपत्यकाका समथर खेतीयोग्य जमिनलाई लेजर लेभलिङ तथा ग्रेडिङ प्रविधिबाट सम्याई सिँचाइको प्रभावकारितामा उल्लेख्य वृद्धि गर्ने आधुनिक कार्यक्रमहरू कार्यान्वयन गर्ने घोषणापत्रमा समेटिएको छ।

प्रकाशित: २०८२ फाल्गुण ७ गते बिहिबार ०२:३८
प्रतिक्रिया

थप समाचार

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना