काठमाडौँ: नेपाली कांग्रेसले संघ र प्रदेशमा मन्त्रालयल संख्या घटाउने बताएको छ। कांग्रेसले आज सार्वजनिक गरेको प्रतिज्ञापत्रमा संघमा १६ र प्रदेशमा सात मन्त्रालय बनाउने प्रस्ताव गरेको छ।
कांग्रेसले अनावश्यक संरचना खारेज गरी सानो सरकार ठूलो नतिजाको मान्यता अनुरुप सरकारको आकार सानो र मितव्ययी बनाउने सभापति गगनकुमार थापाले बताएका छन्।
उनले यसका लागि विभिन्न समयमा गठित आयागका सिफारिस बमोजिम संघमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कायालयसहित बढीमा १५ + १ र प्रदशमा मख्यमन्त्री तथा त्यहाँको मन्त्रिपरिषदको कायालर्यसहित बढीमा ६ + १ वटा मन्त्रालय मात्र रहने व्यवस्थागर्ने प्रतिबद्धा जनाएका छन्।
यस्तै राष्ट्रिय योजना आयोग र संघीय सरकारका विभाग तथा कार्यालयहरूलाई आवश्यकता र औचित्यका आधारमा एकापसमा गाभ्ने वा प्रदेश तथा स्थानीय
तहलाई हस्तान्तरण वा खारेज गर्ने योजना कांग्रेसको छ।


