२०८३ कार्तिक १४ गते शुक्रबार

कांग्रेसको प्रतिज्ञापत्र: ०७९ भन्दा कति भिन्न? के छन् समानता?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण ७
Nepali congress_-149

काठमाडौँ: नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो प्रतिज्ञापत्र (घोषणापत्र) सार्वजनिक गरेको छ। प्रतिज्ञापत्रमा १० बुँदे ‘भिजन १०’सहित सरकार गठनपछिका एजेन्डा प्रस्तुत गरिएको छ।

२०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट संसद्‌मा प्रत्यक्ष र समानुपातिक गरी नेपाली कांग्रेस ८९ सिटसहित पहिलो दल बनेको थियो। उसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ सिट पाएको थियो। नेकपा एमालेसँग मिलेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री सुम्पिई कांग्रेस सरकारमा सहभागी भएको थियो।

तर सरकारले गरेको सामाजिक सञ्जाल प्रतिबन्धपछि सामाजिक सञ्जालको प्रतिबन्ध खुलाउनेसहित सुशासनको मागमा भएको जेनजी विद्रोहले ओली नेतृत्वको सरकार सडकबाट ढाल्यो। यसैबिच कांग्रेसमा विद्रोह गरेर विशेष महाधिवेशनबाट गगन थापाले नेतृत्व लिए।

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि बिहीबार सभापति थापा आफैँ सक्रिय भएर लेखेको प्रतिज्ञा पत्र सार्वजनिक भएको छ। नेपाली कांग्रेसको नेतृत्वमा आएको परिवर्तनसँगै चुनावी मार्गचित्रमा पनि ठूलो फेरबदल देखिएको छ। २०७९ को निर्वाचनमा तत्कालीन सभापति शेरबहादुर देउवाको नेतृत्वमा ल्याइएको ‘घोषणापत्र’ र २०८२ फागुनका लागि हालका सभापति थापाको नेतृत्वमा सार्वजनिक ‘प्रतिज्ञा पत्र’ बीचको तुलनात्मक अध्ययनले कांग्रेस परम्परागत शैलीबाट आधुनिक र जवाफदेही शैलीतर्फ जान खोजेको संकेत देखिन्छ।

२०७९ को घोषणापत्र मुख्यतया संविधानको रक्षा र प्रतिगमनको विरुद्ध मा केन्द्रित थियो। यसमा तत्कालीन वाम गठबन्धन (केपी ओली नेतृत्व) ले गरेको संसद विघटनलाई मुख्य एजेन्डा बनाएर राजनीतिक स्थिरताको नारा दिइएको थियो। यो दस्तावेजमा विगतका उपलब्धिको रक्षा र गठबन्धन संस्कृतिको वकालत बढी थियो।

२०८२ को प्रतिज्ञा पत्रलाई ‘कांग्रेस २.०’को रूपमा प्रस्तुत गरिएको छ। यसले विगतका उपलब्धि रक्षा मात्र नभई पूर्ण रूपान्तरणको कुरा गरेको छ। विशेषगरी जेन-जी पुस्ताको भावना, नवयुवा विद्रोह र सुशासनलाई यसले मूल आधार मानेको छ। यो दस्तावेज सुधारात्मक देखिन्छ।

२०७९ को घोषणापत्रमा ५ वर्षमा गर्ने कामको सामान्य खाका थियो। अहिले मासिक रिपोर्ट कार्ड र हरेक महिना जनतामाझ जवाफदेही हुने प्रतिबद्धता गरिएको छ। यसअघि भ्रष्टाचार नियन्त्रण गर्ने र भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने नारा घोषणापत्रमा समेटिएकोमा अहिले २०४८ पछिका उच्च पदस्थको सम्पत्ति छानबिनका लागि आयोग गठनको बाचा कांग्रेसले गरेको छ।

यसअघिको घोषणापत्रमा सरकारको संरचनाबारे चर्चा गरिएको थियो। अहिलेको घोषणापत्रमा मन्त्रालयको संख्या घटाउने प्रस्ताव गरिएको छ। संघमा १६ र प्रदेशमा सात मन्त्रालय बनाउने प्रस्ताव कांग्रेसले गरेको छ।

अघिल्लोपटक आर्थिक समृद्धिका सामान्य कुरा घोषणापत्रमा थिए। यसपटक सहकारी ठगी र मिटरब्याज पीडितको समस्या समाधानका लागि द्रुत न्याय कार्यदलको स्पष्ट खाका प्रस्तुत गरिएको छ।

दुई निर्वाचनमा कांग्रेसले ल्याएको घोषणापत्रमा अनेक भिन्नताका बाबजुद केही आधारभूत विषयमा भने समानता छ। दुवैले बीपी कोइरालाले सारेको प्रजातान्त्रिक समाजवादको लक्ष्यलाई मूल गन्तव्य मानेका छन्। २०७२ को संविधानको कार्यान्वयन र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणमा दुवै घोषणापत्रले अपनत्व लिएका छन्। दुवै घोषणापत्रमा वार्षिक रूपमा ठूलो संख्यामा रोजगारी सिर्जना गर्ने र युवा पलायन रोक्ने कुरालाई प्राथमिकता दिइएको छ। छिमेकी र मित्रराष्ट्रसँग सन्तुलित र असंलग्न परराष्ट्र नीति अवलम्बन गर्ने विषयमा दुवै घोषणापत्र समान छन्।

प्रकाशित: २०८२ फाल्गुण ७ गते बिहिबार ०६:३८
प्रतिक्रिया

थप समाचार

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना