२०८३ कार्तिक १५ गते शनिवार

बिक्रम खनाललाई टिकट दिएपछि रास्वपामा असन्तुष्टि, वडा सभापतिले छोडे पार्टी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण ८
images

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी बर्दघाट नगरपालिका–१३ का सभापति जितबहादुर हरिजनले पार्टीबाट राजीनामा दिएका छन्।

फागुन २१ गते हुने आम निर्वाचनमा नवलपरासी (बसुप) क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसमा राजनीति गर्दै आएका बिक्रम खनाललाई राष्ट्रिय स्वतन्त्र पार्टी ले टिकट दिएपछि असन्तुष्ट बनेका हरिजनले पार्टी छोड्ने निर्णय लिएका हुन्।

राजीनामामा उनले विभिन्न कारण उल्लेख गरे पनि, उनी निकट पार्टी नेताहरूका अनुसार बिक्रम खनाललाई टिकट दिँदा नवलपरासीको समग्र पार्टी पंक्तिले आफू अपमानित भएको महसुस गरेको र त्यसकै प्रतिक्रियास्वरूप हरिजनले राजीनामा दिएको जानकारी दिएका छन्।

२०७९ सालको निर्वाचनमा यस क्षेत्रबाट रास्वपाको तर्फबाट महेन्द्र सेन ठकुरीले प्रतिस्पर्धा गरेका थिए। संगठन कमजोर र कठिन अवस्थामा रहेको समयमा चुनाव लड्दै नवलपरासीमा पार्टी विस्तार गर्न उनले मुख्य भूमिका खेलेका थिए।

यही योगदानका आधारमा यसपटक पनि ठकुरीलाई नै टिकट दिनुपर्ने दृढ मान्यता स्थानीय पार्टी पंक्तिमा रहेको थियो, र ठकुरी स्वयं पनि टिकट पाउनेमा विश्वस्त थिए।

तर अन्तिम समयमा नेपाली कांग्रेसका खनाललाई टिकट दिइएपछि रास्वपाको मूल समूह असन्तुष्ट बनेको छ। यही असन्तुष्टिको प्रतिक्रियास्वरूप पार्टीका जिम्मेवार पदमा रहेका पदाधिकारीहरूले राजीनामा दिन थालेको बताइएको छ।

महेन्द्र सेन ठकुरीलाई अपमानजनक रूपमा पन्छाएर बिक्रम खनाललाई टिकट दिन, कांग्रेसबाटै रास्वपा प्रवेश गरेका पार्टी उपाध्यक्ष स्वर्णिम वाग्ले को मुख्य भूमिका रहेको चर्चा छ। वाग्ले र बिक्रम खनालबीचको व्यक्तिगत सम्बन्धलाई पार्टीको टिकट वितरणमा दुरुपयोग गरिएको आरोपसँगै असन्तुष्टि चुलिएको हो।

आफूहरूलाई रास्वपाको संगठन निर्माणमा खटिएका अब्बल कार्यकर्ता मान्नेहरू यस क्षेत्रका उम्मेदवारसमेत कांग्रेसकै पृष्ठभूमिका भएको बताउँदै आएका छन्।

“टिकट वितरणको प्रक्रियाले रास्वपालाई पनि पुरानै दलजस्तो बनाइयो, जुन हामी स्वीकार गर्न सक्दैनौँ। महेन्द्र सेन ठकुरीमाथि गम्भीर अन्याय गरिएको छ। यस्तो प्रवृत्तिले अब रास्वपाको पहिचान नै संकटमा परेको छ,” असन्तुष्ट कार्यकर्ताहरूको भनाइ छ।

प्रकाशित: २०८२ फाल्गुण ८ गते शुक्रबार १०:०७
प्रतिक्रिया

थप समाचार

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना