२०८३ कार्तिक ११ गते मङ्गलबार

काठमाडौँ महानगरले बनाएको साइकल लेनमा त्रुटि नै त्रुटि, के भन्छन् साइक्लिस्ट ?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण ८
CYCLE LANE_STORY_NEPAL PHOTO LIBRARY3

काठमाडौँ महानगरपालिकाले माइतीघर मण्डलादेखि तीनकुनेसम्म साइकल लेन र फुटपाथ विस्तारको काम लगभग सम्पन्न गरेको छ। यसअघि सडकमै हरियो रेखा कोरेर छुट्याइएको साइकल लेन जोखिमपूर्ण र अव्यवहारिक भएको भनेर विरोध भएपछि चौडा फुटपाथसँगै साइकल लेन बनाइएको हो।

तर साइक्लिस्टहरुले भने लेन प्रयोगमा जटिलता रहेको बताएका छन्। नेपाल साइक्लिङ संघका सचिव देवेन्द्र बस्न्यातले साइक्लिस्टहरुको दबाबपछि बल्ल लेन बनाउन लागिएको बताए। निर्माण भएपनि प्रयोगमा आउन नसकेको उनको भनाइ छ। उनले भने- साइक्लिङमा लागि यो लेन सजिलो छैन। साइकल लेनको इन्ट्री प्वाइन्टमै समस्या देखियो। कतिपय ठाउँमा कनेक्सन पनि छैन। कतिपय ठाउँमा दुर्घटनाको जोखिम छ। धेरै ठाउँ साँघुरो छ। धेरै कुरा सुधार गर्नु पर्नेछ।

अर्का साइक्लिस्ट लक्ष्मण बानियाले विकसित देशमा आफूले साइकल कुदाउँ कुदाउँ लाग्ने आकर्षक साइकल लेन देखेको अनुभव सुनाउँदै पैदल यात्रु हिड्ने र साइकल चलाउने लेन प्रष्ट रुपमा छुट्याउनु पर्ने बताए। उनले भने, ‘यहाँ साइकल लेन भनिए पनि खास लेन छैन। साइकल चलाउने हो कि मान्छे हिँड्ने हो फरक नै छैन। डिजाइनरले आफूलाई साइक्लिस्ट सोचेर डिजाइन गर्नुपर्थ्यो तर त्यस्तो भएको छैन। आफूलाई थाहा नभए जान्ने मान्छेसँग परामर्श लिनुपर्थ्यो।’

तीनकुने-माइतीघर सडक खण्डको साइकल लेनलाई लगभग १३ वर्षदेखि हेरिरहेका स्टोरी साइकलका सौरभ ढकाल भन्छन्- पहिले जस्तो थियो अहिले पनि त्यस्तै छ। खाली इँटा मात्रै परिवर्तन गरिएको छ। ग्रेडिङ, क्वालिटी र सहजतामा पटक्कै काम भएको देखिँदैन। यो ठाउँमा नयाँ फुटपाथ बनाउने काम सुरु भएपछि हामीले महानगरलाई निवेदन पनि दिएका थियौं। साइकल लेनको पुन डिजाइन गर्नुपर्छ भनेका थियौ। प्रयोगकर्ता मैत्री बनाउनुपर्छ भनेका थियौं। साइकल चढ्ने मान्छे बढाउनुपर्नेमा यो लेनले त अझ घट्ने देखिएको छ। साढे तीन किलोमिटर पार गर्न झण्डै २० पल्ट ओर्लेर फेरि चढ्नुपर्छ।  सरोकारवालासँग छलफल गरेर अझै पनि सुधार गर्ने मौका छ।

 

प्रकाशित: २०८२ फाल्गुण ८ गते शुक्रबार १२:३९
प्रतिक्रिया

थप समाचार

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

काठमाडौं उपत्यकामा खुम्चिँदैछ खेतीयोग्य जमिन (तस्विरहरू)

काठमाडौँ उपत्यका एकताका धानलगायत अन्य खाद्यान्नको खेतीका लागि निकै प्रसिद्ध थियो। उपत्यकाका काठ क्षेत्र एक प्रकारले कृषि उत्पादन केन्द्र मानिन्थ्यो। परालका कुन्युहरूको आकर्षण खास हुने...

सुनसान बन्यो काठमाडौँ उपत्यका: सडक खाली, पसल बन्द (तस्बिरहरू)

दशैँ मनाउन उपत्यकाबाहिर जानेको संख्या बढेसँगै काठमाडौँ उपत्यका सुनसान बनेको छ। सधैँजसो सवारीसाधन र मानिसको चहलपहल रहने सडकहरू अहिले खाली देखिन थालेका छन् भने अधिकांश पसल तथा व्यवसायसमेत...

बाजुराका विभिन्न खेतमा पहेँलपुर भएर पाकेको धानबाली (तस्बिर)

बाजुराका ९ वटै स्थानीय तहमा यतिवेला धानवाली पाकेर पहेँलुपर अवस्थामा छ। यहाँका किसानलाई एकातिर दशैँ तिहारको रौनकता छ, भने अर्कोतिर पाकेको धानवाली भित्र्याउन चटारो छ।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना