२०८३ असोज ३० गते शुक्रबार

एचपीभी खोपले बाँझोपन गराउँछ भन्दै फैलाइएकाे दाबी भ्रामक

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण ८
hpv

पाठेघरकाे मुखकाे क्यान्सर विरुद्ध लड्नका लागि दिइने ह्युमन पापिलाेमा भाइरस (एचपीभी) नामक खाेप गत माघ २५ गतेदेखि नेपालमा लगाइँदैछ। आगामी फागुन १५ गतेसम्म कक्षा ६ मा अध्ययनरत छात्रा र कुनै कारणवश विद्यालय बाहिर रहेका १० वर्षका किशाेरीहरुलाई स्वास्थ्य केन्द्र वा उनीहरु अध्ययनरत विद्यालयमा याे खाेप लगाइँदैछ।

विश्व स्वास्थ्य संगठनले करीब दुई दशक अघिदेखि प्रयोगको लागि अनुमति दिएको एचपीभी खोप बा रे खासगरी याे लगाउने महिलामा बाँझोपन हुन्छ भनी भ्रम फैलाइएकाे पाइन्छ।

गत माघ २३ गते सन्जित श्रेष्ठ नामका फेसबुक प्रयाेगकर्ताले एक स्टाटस लेख्दै साे खाेपमा गर्भनिराेधक सुई लगाइ महिलाहरुलाई बाँझाे बनाइने दाबी गरेका छन्। खाेप बा रे राताेपाटीमा प्रकाशित समाचारकाे लिंक सेयर गर्दै उनले कृषिमा अत्याधिक किटनाशक प्रयोग गरिएजस्तै समाजमा हानिकारक अभ्यासलाई सामान्यीकरण गर्न खोजिएको बताएका छन्। स्टाटसमा उनले विद्यालयले विरोध गरे सामूहिक रूपमा त्यसको प्रतिवाद गर्नुपर्ने बताउँदै बरु किशाेरीहरुले एक–दुई वर्ष औपचारिक शिक्षा नलिए फरक नपर्ने दाबी गरेका छन्।

यसैगरी इमरान अलाम नामक फेसबुक प्रयाेगकर्ताले स्टाटस पोस्ट गर्दै अभिभावकहरुलाई आफ्ना छोरीहरूलाई एचपीभी खोपबाट जोगाउन आग्रह गरेका छन्। उनले खोपलाई “विषाक्त” बताउँदै खोपले क्यान्सर, बाँझोपन, प्यारालाइसिस लगायत गम्भीर रोग तथा मृत्यु समेत हुने दाबी गरेका छन्। उनले विभिन्न देशमा साे खोप प्रतिबन्धित रहेको दाबी पनि गरेका छन्।

गत वर्ष पनि यस खाेप बा रे यसैगरी भ्रम फैलाइएकाे थियाे। २०८१ साल माघ २२ देखि फागुन ६ गते सम्म कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरुलाई एचपीभी खोप दिइएकाे थियाे। त्यतिखेरै पाठेघरको मुखको क्यान्सर हुनबाट बचाउने यस खाेपका विषयमा भ्रामक सूचना सामाजिक सञ्जालमा फैलिएकाे थियाे।

एचपीभी के हाे र कसरी सर्छ?
युनिसेफका अनुसार याे एक प्रकारको भाइरस हो। यसलाई ह्युमन प्यापिलोमा भाइरस (Human Papillomavirus) भनिन्छ। पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक एचपीभी हो। यस भाइरसका २०० भन्दा बढी प्रजातिहरू हुन्छन्। तीमध्ये कम्तिमा १२ प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख कारक मानिन्छ भने तीमध्ये पनि प्रजाति १६ र प्रजाति १८ प्रमुख कारक हुन्। नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर यी दुई प्रजातिहरूबाट विश्व स्वास्थ्य संगठनले बताएकाे छ।

यस भाइरसले महिलामा पाठेघरको मुखको क्यान्सर मात्र होइन, यौनाङ्गमा आउने मुसा तथा यौनाङ्गसम्बन्धी क्यान्सरसमेत गराउनसक्छ।

एचपीभी मुख्यत: संक्रमित व्यक्तिसँगको यौन सम्पर्कबाट सर्छ। तर यो संक्रमित व्यक्तिको यौनांगको छाला, झिल्ली वा तरल पदार्थसँगको सम्पर्कबाट पनि सर्न सक्दछ। यसको संक्रमण पुरुषमा पनि हुन्छ। पुरुषबाट महिलामा सर्ने गर्दछ।

याे खाेप बारे तथ्य के हाे?

एचपीभी खोप विश्व स्वास्थ्य संगठनले सन् २००६ मा प्रमाणित गरी प्रयोगमा ल्याइएको हो।अन्य देशमा भएको ट्रायलमार्फत् प्रभावकारी र सुरक्षित प्रमाणित भइसकेकाे एचपीभी खाेप औषधि व्यवस्था विभागबाट अनुमति लिएर नेपालमा खोप अभियान सञ्चालन गरिएको हाे।

त्यस्तै, अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले पनि एचपीभी खोपलाई प्रयोगको लागि स्वीकृति दिइसकेको छ।

एचपीभी खाेप सन् १९९१ मा विकास गरिएको थियो। त्यस्तै, अमेरिकाको फूड एण्ड ड्रग एडमिनिष्ट्रेशनले सन् २००६ मा यो खाेपलाई अमेरिकामा नौदेखि २६ वर्षका उमेर समूहका केटीहरुलाई लगाउन अनुमति दिएको थियो।

अन्य देशमा भएका क्लिनिकल ट्रायलको नतिजाले खोपलाई सुरक्षित र प्रभावकारी मानेपछि विश्व स्वास्थ्य संगठनले प्रयोगको लागि स्विकृति दिइसकेको छ।

हाल १४५ देशहरुको राष्ट्रिय खोप तालिकामा समावेश गरी किशोरीहरूलाई एचपीभी खाेप दिइन्छ। यो खोप सम्बन्धी गरिएको विभिन्न अध्ययन अनुसन्धानले एचपीभी खोप र बाँझोपन बीच कुनै सम्बन्ध नरहेको देखाएको छ।

दाबी:  एचपीभी खाेपले महिलामा बाँझोपन ल्याउँछ 
दाबीकर्ता: सामाजिक सञ्जाल प्रयाेगकर्ता
नेपाल चेक निष्कर्ष:  भ्रामक

पाठेघरकाे मुखकाे क्यान्सर विरुद्ध लड्नका लागि दिइने एचपीभी नामक खाेपले महिलामा बाँझोपन ल्याउँछ भन्ने दाबी माथि तथ्य जाँच गरेपछि नेपाल चेककाे निष्कर्ष।

(नेपालचेकले गरेको फ्याक्ट चेकमा आधारित सामग्री।)

प्रकाशित: २०८२ फाल्गुण ८ गते शुक्रबार ०१:२५
प्रतिक्रिया

थप समाचार

एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स जनकपुरमा हुने, ‘ब्रेन गेन’तर्फ अघि बढ्ने तयारी

काठमाडौं । हाल प्रवासमा स्वास्थ्य क्षेत्रमा कार्यरत नेपाली तथा नेपाली मूलका विज्ञ जनशक्तिको ज्ञान, सीप, अनुभव र सञ्जाललाई मुलुकको स्वास्थ्य प्रणालीसँग जोड्ने उद्देश्यले ‘छैटौँ एनआरएन ग्लोबल...

१ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद

वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १ अर्ब रुपैयाँभन्दा बढीको उपकरण बिग्रिएर थन्केका छन्। ती उपकरण मर्मत सम्भारमा बेवास्ता गर्ने अस्पताल प्रशासनले बर्सेनि करोडौँ रुपैयाँका नयाँ उपकरण...

युवामै बढ्दैछ हृदयाघातको जोखिम, मुटु बचाउन जीवनशैली सुधार आवश्यक

काठमाडौँ। पछिल्लो समय नेपालमा मुटुरोगको जोखिम बढ्दै गएको छ। अस्वस्थ खानपान, धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन, शारीरिक गतिविधिको कमी, मानसिक तनाव, मोटोपन तथा उच्च रक्तचाप, मधुमेह र कोलेस्ट्रोलजस्ता...

धुलिखेल अस्पतालको जनशक्ति ठेक्कामा चलखेल, उजुरीपछि अब के गर्छ प्रशासन?

काभ्रे/धुलिखेल– काठमाडौँ विश्वविद्यालय अन्तर्गत रहेको धुलिखेल अस्पतालको आन्तरिक व्यवस्थापन तथा आपूर्ति सम्बन्धी एक महत्त्वपूर्ण ठेक्का प्रक्रियामा गम्भीर चलखेल भएको आशंका गरिएको छ। धुलिखेल...

बाढीमा हराएका व्यक्तिका परिवारको ‘डीएनए’ परीक्षण प्रतिवेदन कहिले आउँछ ?

काठमाडौँ: प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसदहरूले भोटेकोशी बाढीमा हराएका व्यक्तिका परिवारको ‘डीएनए’ परीक्षणको प्रतिवेदन छिटो आउनुपर्नेलगायत विपद्जन्य घटनामा उद्धार र खोजीमा ध्यान...
gagan thapa
राजनीति

कांग्रेस सभापतिमा गगनकुमार थापा विजयी, पाए ९३.८८ प्रतिशत मत

अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्। कुल ७ हजार १३ मत खसेको निर्वाचनमा ५४ मत बदर भएको छ।
ganesh_karki_1
विचार

प्रधानमन्त्रीले भारत भ्रमणमा उठाउनुपर्ने ऊर्जा क्षेत्रका सात एजेन्डा

प्रधानमन्त्रीको भारत भ्रमणको सफलता सहमतिपत्रमा हस्ताक्षरको संख्याले मात्र मापन हुनुहुँदैन। कुन परियोजना कहिले अघि बढ्ने, लगानी कसरी जुट्ने र विद्युत् व्यापारबाट दुवै देशले कसरी लाभ लिने...
default
पूर्वाधार

बूढीगण्डकी बाढी: ४४५ मेगावाट क्षमताका चार जलविद्युत् आयोजनामा क्षति

क्षति पुगेका आयोजनामध्ये टाइम्स इनर्जी लिमिटेडले बनाउन सुरु गरेको ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र बाढीले बगाएको छ। आयोजनाको निर्माण उपकरणसमेत...
image 2
प्रवास

एनआरएनए स्थापना दिवसः जापानमा एकता, सहकार्य र संस्थागत सुदृढीकरणमा जोड

टोकियो, जापान: गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्थापना दिवसका अवसरमा जापानमा रहेका नेपाली समुदायबीच एकता, सहकार्य र आपसी सद्भावलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता देखिएको बिषयमा अन्तरक्रिया...
urja
पूर्वाधार

विद्युत व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने योजना अन्तिम चरणमा, आशयपत्र दिने तयारी

निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन आशयपत्र (एलओआई) दिने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयारी गरेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना