२०८३ कार्तिक २० गते बिहिबार

दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक २०
heart

काठमाडौं। दैनिक एउटा एभोकाडो र एउटा आँप खाँदा मुटुको स्वास्थ्यमा सुधार आउन सक्ने एक अध्ययनले देखाएको छ।

अमेरिकाको इलिनोइस इन्स्टिच्युट अफ टेक्नोलोजीका अनुसन्धानकर्ताले गरेको अध्ययनअनुसार यी दुई फल नियमित सेवन गर्दा रक्तनलीको कार्यक्षमता र रक्तचापमा सकारात्मक परिवर्तन देखिएको हो।

प्रि–डायबिटिज अर्थात् मधुमेह हुनुअघिको अवस्थामा रहेका वयस्कमा गरिएको आठ हप्ते अध्ययनमा एभोकाडो र आँप खाने समूहको रक्तनलीको कार्यक्षमतामा सुधार देखिएको थियो। विशेषगरी पुरुष सहभागीको रक्तचापमा सकारात्मक परिवर्तन आएको अनुसन्धानकर्ताले बताएका छन्।

अमेरिकन हार्ट एसोसिएसनको जर्नलमा प्रकाशित अध्ययनमा २५ देखि ६० वर्ष उमेर समूहका ८२ जना सहभागी थिए। उनीहरू सबैमा प्रि–डायबिटिजको अवस्था थियो भने शरीरको तौल सामान्यभन्दा बढी थियो।

अनुसन्धानमा सहभागीलाई दुई समूहमा विभाजन गरिएको थियो। एउटा समूहलाई दैनिक एउटा मध्यम आकारको ह्यास एभोकाडो र एक कप ताजा आँप खुवाइएको थियो। अर्को समूहलाई सोही बराबर क्यालोरी भएका कार्बोहाइड्रेटयुक्त खाद्य पदार्थ दिइएको थियो।

आठ हप्तापछि एभोकाडो र आँप खाने समूहको रक्तनलीको कार्यक्षमता मापन गर्ने फ्लो–मेडिएटेड डाइलेसन (एफएमडी) सूचक ६ दशमलव ७ प्रतिशत पुगेको थियो।

यसको विपरीत अर्को समूहमा उक्त सूचक घटेर ४ दशमलव ६ प्रतिशतमा झरेको थियो। एफएमडीले रक्तप्रवाह बढ्दा रक्तनली कति प्रभावकारी रूपमा फैलिन सक्छ भन्ने मापन गर्छ।

रक्तचापमा पनि सकारात्मक परिवर्तन देखिएको थियो। नियन्त्रण समूहका पुरुष सहभागीको केन्द्रीय रक्तचाप औसत ५ एमएमएचजीले बढ्दा एभोकाडो र आँप खाने समूहमा करिब १ दशमलव ९ एमएमएचजीले घटेको थियो।

अनुसन्धानकर्ताका अनुसार रक्तनलीको कार्यक्षमता र रक्तचापमा देखिएका यी परिवर्तन मुटु तथा रक्तनलीसम्बन्धी रोगको जोखिम घटाउने दृष्टिले महत्त्वपूर्ण हुन सक्छन्।

तर, अध्ययन आठ हप्तामात्र गरिएको र यसले हृदयाघात वा मस्तिष्काघातजस्ता दीर्घकालीन स्वास्थ्य परिणाम मापन नगरेकाले यसको प्रभावबारे थप अनुसन्धान आवश्यक छ।

अध्ययनमा यी फल खाँदा सहभागीको शरीरको तौल वा कुल क्यालोरी सेवनमा उल्लेख्य परिवर्तन देखिएन। यसले तौल नबढाई पनि खानाको पोषण गुणस्तरमा सुधार गरेर मुटुको स्वास्थ्यलाई सहयोग पुग्न सक्ने संकेत गरेको अनुसन्धानकर्ताको भनाइ छ।

एभोकाडो र आँप खाने समूहले फाइबर, भिटामिन सी र असन्तृप्त बोसो बढी सेवन गरेका थिए। यी पोषक तत्त्वले मुटुको स्वास्थ्यमा सहयोग पुर्याउन सक्छन्।

एभोकाडोमा पाइने पोटासियमले रक्तचाप नियन्त्रणमा भूमिका खेल्छ भने यसको असन्तृप्त बोसोले अस्वस्थ बोसोको सट्टा प्रयोग गर्दा खराब कोलेस्ट्रोल (एलडीएल) घटाउन सहयोग गर्न सक्छ।

आँपमा पाइने भिटामिन सीले शरीरका कोषलाई अक्सिडेटिभ क्षतिबाट जोगाउन मद्दत गर्छ। यसमा रहेको फाइबरले पाचन, रगतमा चिनीको मात्रा व्यवस्थापन र मुटुको स्वास्थ्यमा सहयोग पुर्याउन सक्छ।

अनुसन्धानमा मिर्गौलाको कार्यक्षमतासँग सम्बन्धित केही सूचकमा पनि सुधार देखिएको थियो। तर, कोलेस्ट्रोल, रगतमा चिनीको मात्रा र शरीरमा हुने सुजनका सूचकमा भने नियन्त्रण समूहको तुलनामा उल्लेख्य फरक देखिएन।

इलिनोइस इन्स्टिच्युट अफ टेक्नोलोजीकी प्राध्यापक तथा अध्ययनकी प्रमुख अनुसन्धानकर्ता ब्रिट बर्टन–फ्रिम्यानका अनुसार प्रि–डायबिटिज भएका व्यक्तिमा मुटुसम्बन्धी रोगको जोखिम बढी हुने भएकाले खानपानमा पोषणयुक्त फलफूल समावेश गर्नु उपयोगी हुन सक्छ।

उनका अनुसार दैनिक खानामा एभोकाडो र आँपजस्ता फल थप्नु मुटुको स्वास्थ्य सुधारका लागि सहज उपाय हुन सक्छ।

यद्यपि, अध्ययनले एभोकाडो र आँपसँगै खाँदा छुट्टाछुट्टै सेवन गर्नुभन्दा बढी फाइदा हुन्छ भन्ने पुष्टि गरेको छैन। अनुसन्धानमा सहभागी सीमित समूह र छोटो अवधिका कारण यसको निष्कर्ष सबै उमेर तथा स्वास्थ्य अवस्था भएका व्यक्तिमा समान रूपमा लागू हुन्छ भन्न सकिँदैन।

यो अध्ययन नेसनल म्याङ्गो बोर्ड र ह्यास एभोकाडो बोर्डको आर्थिक सहयोगमा गरिएको थियो। अध्ययनको डिजाइन र निष्कर्ष निर्धारणमा ती संस्थाको भूमिका नरहेको अनुसन्धानकर्ताले जनाएका छन्। एएनआई

प्रकाशित: २०८३ कार्तिक २० गते बिहिबार ०७:३८
प्रतिक्रिया

थप समाचार

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

‘दशैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्’

धेरै क्यालोरी भएका खानेकुरा, अत्यधिक मासु, भात, गुलियो पदार्थ तथा चिसो पेय पदार्थको सेवन गर्दा शरीरमा आवश्यकताभन्दा बढी ऊर्जा सञ्चित हुन्छ। यसले तौल बढ्ने, रक्तचाप बढ्ने, मधुमेह हुने र शरीरमा...

गेटामा एमबीबीएस अध्ययनका लागि ५० र नर्सिङमा २० सिट निर्धारण

काठमाडौँ: कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि एमबिबिएस अध्ययनका लागि ५० सिट निर्धारण गरिएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा...

एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स जनकपुरमा हुने, ‘ब्रेन गेन’तर्फ अघि बढ्ने तयारी

काठमाडौं । हाल प्रवासमा स्वास्थ्य क्षेत्रमा कार्यरत नेपाली तथा नेपाली मूलका विज्ञ जनशक्तिको ज्ञान, सीप, अनुभव र सञ्जाललाई मुलुकको स्वास्थ्य प्रणालीसँग जोड्ने उद्देश्यले ‘छैटौँ एनआरएन ग्लोबल...

१ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद

वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १ अर्ब रुपैयाँभन्दा बढीको उपकरण बिग्रिएर थन्केका छन्। ती उपकरण मर्मत सम्भारमा बेवास्ता गर्ने अस्पताल प्रशासनले बर्सेनि करोडौँ रुपैयाँका नयाँ उपकरण...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
dinesh thakali
बैंकिङ

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाडौँः डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अध्यक्ष पदमा...
bank brokar
बैंकिङ

बैंकबाटै सेयर ब्रोकर सेवा दिने प्रस्तावमा आपत्ति, ‘लाइसेन्स छ भन्दैमा सबै दिन मिल्दैन’

अर्थ मन्त्रालयले यससम्बन्धी सम्भाव्यता अध्ययन गर्न विज्ञ समिति गठन गरेसँगै स्टक ब्रोकर व्यवसायीहरूले बैंकलाई थप वित्तीय सेवा सञ्चालनको जिम्मेवारी दिन खोजिएको भन्दै आपत्ति जनाएका छन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना