२०८३ कार्तिक १२ गते बुधबार

गुगलद्वारा नयाँ मोडेल जीमीनी ३.१ प्रो सार्वजनिक

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण ९
google

काठमाडौं। अमेरिकाको सर्च इन्जिन तथा प्रविधि कम्पनी गुगल इंकले आफ्नो नयाँ कृत्रिम बुद्धिमत्ता (एआई) मोडेल जीमीनी ३.१ प्रो सार्वजनिक गरेको छ। जटिल समस्या समाधानमा अझ सशक्त क्षमता प्रदान गर्ने लक्ष्यसहित यो मोडेल ल्याइएको कम्पनीले जनाएको छ।

गत नोभेम्बर १९ मा जीमीनी ३ प्रो सार्वजनिक गरेको तीन महिनापछि गुगलले यसको उन्नत संस्करण जीमीनी ३.१ प्रो बजारमा ल्याएको हो।

कम्पनीका अनुसार नयाँ मोडेलले ‘मुख्य तर्कशक्तिमा महत्वपूर्ण सुधार’ गर्दै जटिल चुनौतीहरू सामना गर्न अझ सक्षम आधार तयार गरेको छ।

गुगलले दाबी गरेको छ कि जीमीनी ३.१ प्रो ले विभिन्न एआई बेन्चमार्कहरूमा अघिल्लो संस्करण जीमीनी ३ प्रो र अन्य कम्पनीका प्रतिस्पर्धी मोडेलहरूभन्दा उत्कृष्ट प्रदर्शन गरेको छ।

कम्पनीका अनुसार यो मोडेल ‘साधारण उत्तर पर्याप्त नहुने’ अवस्थाका लागि तयार गरिएको हो। यसले बहु–स्तरीय कार्य र जटिल प्रश्नहरू समाधान गर्न उन्नत तर्क प्रविधि प्रयोग गर्छ।

जीमीनी ३.१ प्रो व्यावहारिक रूपमा जटिल विषयहरूको स्पष्ट र दृश्यात्मक व्याख्या तयार गर्न, ठूलो परिमाणको तथ्यांकलाई एकीकृत रूपमा विश्लेषण गर्न तथा सिर्जनात्मक कार्यप्रवाहमा सहयोग गर्न उपयोगी हुने गुगलको दाबी छ।

यो मोडेल जीमीनी एपमार्फत सबै प्रयोगकर्ताका लागि उपलब्ध गराइएको छ। तर गुगल एआई प्रो र गुगल एआई अल्ट्रा सदस्यहरूले उच्च प्रयोग सीमा पाउनेछन्।

साथै, यो मोडेल नोटबुल एलएमा पनि उपलब्ध गराइएको भए पनि त्यहाँ पहुँच भने प्रो र अल्ट्रा सदस्यहरूमा मात्र सीमित गरिएको छ। यस नयाँ संस्करणको सार्वजनिकतासँगै जेनरेटिभ एआई क्षेत्रमा तर्क क्षमता सुदृढ गर्ने प्रतिस्पर्धा थप तीव्र बनेको विश्लेषण गरिएको छ। एएनआई

प्रकाशित: २०८२ फाल्गुण ९ गते शनिवार १२:१९
प्रतिक्रिया

थप समाचार

एनपीएलका लागि नेपाल टेलिकमको ५९९ रुपैयाँको प्याकेज, दैनिक ८ जीबी डेटा

नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ लाई लक्षित गर्दै ‘एनपीएल अनलिमिटेड प्याकेज’ सार्वजनिक गरेको छ। कम्पनीले प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्तालाई लक्षित गरी ५९९ रुपैयाँमा...

प्रयोगकर्ताको डेटा दुरुपयोग गरेको आरोपमा मेटालाई २५ अर्ब डलर जरिवाना

यो मेटाविरुद्ध हालसम्म तोकिएको सबैभन्दा ठूलो जरिवाना हो। राज्यका कानुन व्यवसायीका अनुसार मेटाको गलत जानकारी र डेटा व्यवस्थापनसम्बन्धी गतिविधिबाट न्यु मेक्सिकोका करिब २० लाख बासिन्दा प्रभावित...

पीएचपीमा गम्भीर सुरक्षा कमजोरी फेला परेपछि नेपालका अधिकांश सरकारी वेबसाइट बन्द

काठमाडौँ: विश्वभर पीएचपी प्रविधिमा देखिएको गम्भीर सुरक्षा जोखिमका कारण नेपालका अधिकांश सरकारी वेबसाइट तथा अनलाइन प्रणालीहरू अस्थायी रूपमा बन्द गरिएको छ। सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र...

एआईले खोल्दैछ इतिहासका पुराना रहस्य

दुई सय वर्षभन्दा बढी समयदेखि रहस्य बनेको नेपोलियन बोनापार्टको युद्धकालीन गोप्य सन्देश कृत्रिम बौद्धिकता (एआई) को सहायताले केही घण्टामै पढ्न सकिएको छ। यसले ऐतिहासिक अभिलेखमा लुकेका रहस्य पत्ता...

१७ करोड खर्चिएर बनाएको मौसमी रडार २ वर्षदेखि बन्द, तीन प्रदेशको पूर्वसूचना प्रणाली प्रभावित

करोडौँ रुपैयाँ खर्चेर स्थापना गरिएको यो प्रविधि लामो समयदेखि बन्द हुँदा त्यसबाट प्राप्त हुनुपर्ने तथ्यांक र सूचनाको उपयोग गर्न सकिएको छैन।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना