काठमाडौँः निर्वाचन आयोग नेपालले फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मतदाताको उत्साहजनक सहभागिता बढाउने उद्देश्यले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिन नेपाल सरकारलाई पत्राचार गरिएको हो।
“निर्वाचनमा मतदाताको सहभागिता वृद्धि गर्न तीन दिन सार्वजनिक बिदा दिन सिफारिस गरिएको छ,” उनले भने।
अब सार्वजनिक बिदासम्बन्धी अन्तिम निर्णय भने मन्त्रिपरिषद् बैठकले गर्नेछ। सरकारले निर्णय गरेपछि सोहीअनुसार देशभर बिदा लागू हुनेछ।


