काठमाडौँ: आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि छिमेकी मुलुक चीनले आर्थिक सहयोग गर्ने भएको छ। चीनले नेपाललाई नगद चार मिलियन डलर (आजको विनिमयदरअनुसार नेपाली ५८ करोड १२ लाख ६९ हजार ६०० रुपैयाँ) दिने भएको हो।
उक्त रकम स्वीकार गर्ने निर्णय सरकारले गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले चीनले निर्वाचनका लागि गरेको नगद सहयोग स्वीकार गर्ने निर्णय भएको गृहमन्त्री एवं सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले जानकारी दिए।
यस्तै बैठकले चालु आर्थिक वर्षको विनियोजित बजेट तथा कार्यक्रमअनुसार बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने निर्णय पनि गरेको छ।
यस्तै सरकारले जेनजी परिषद् गठन गर्ने निर्णय समेत भएको जानकारी अर्यालले दिए।


