१) प्रधानमन्त्री तथा सोह्रौं योजना कार्यान्वयन कार्ययोजना (२०८१/८२–२०८५/८६) स्वीकृत गर्ने।
२) नेपाललाई International Renewable Energy Agency (IRENA) को सदस्यता लिन स्वीकृति प्रदान गर्ने।
३) चीन सरकारबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रस्तावित चार मिलियन अमेरिकी डलर बराबरको नगद अनुदान सहायता स्वीकार गर्ने।
४) चालु आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रममा उल्लेख भएबमोजिम बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने।
५) बिमा ऐन, २०७९ को दफा १४० बमोजिमको कसुर सम्बन्धी मुद्दाको कारबाही र किनारा गर्न नेपालका ७७ वटै जिल्ला अदालतलाई तोक्ने।
६) न्याय सेवा आयोगको सिफारिसबमोजिम दुई जना उपसचिवलाई नेपाल न्याय सेवाको राजपत्राङ्कित प्रथम श्रेणीको पदमा पदस्थापन गर्ने।
७) विक्रम संवत् २०८३ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म दिइने सार्वजनिक बिदा निर्धारण गर्ने।
८) निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीलाई उपचारमा लागेको खर्च नेपाल सरकारले व्यहोर्ने। साथै, सो अवधिमा निजहरूको मृत्यु भएमा निजको आश्रित परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने।
९) २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का सन्दर्भमा २०८२ फागुन २० देखि २२ गतेसम्म तीन दिन मुलुकभर सार्वजनिक बिदा दिने।
१०) श्री हितमान गुरुङलाई बेलायतका राजाद्वारा प्रदान गरिने “Member of the Order of the British Empire (MBE)” उपाधि ग्रहण गर्न स्वीकृति प्रदान गर्ने।
११) नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयानुसार गठित यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतका आदेशहरू कार्यान्वयनसम्बन्धी जाँचबुझ आयोगको कार्यावधि एक महिना थप गर्ने।
१२) २०८२ चैत २५ देखि २७ गतेसम्म फ्रान्समा आयोजना हुने 21st INTERPOL General Assembly मा प्रहरी महानिरीक्षक श्री दानबहादुर कार्कीलाई सहभागी हुन स्वीकृति दिने।
१३) नेपाल सरकारको प्रतिनिधित्व गर्दै २०८२ फागुन ४ देखि ७ गतेसम्म बंगलादेशका नवनिर्वाचित प्रधानमन्त्री तारेक रहमानको शपथ समारोहमा सहभागी हुनुभएका माननीय परराष्ट्र मन्त्रीको भ्रमण समर्थन गर्ने।
१४) भौतिक पूर्वाधार चीन सरकारको अनुदान सहयोगमा निर्माण/स्तरोन्नति हुने कलङ्कीदेखि बसुन्धरासम्मको काठमाडौं चक्रपथ सुधार आयोजना कार्यान्वयन सम्झौतामा उल्लेखित विषयहरूमा कर छुट दिने।
१५) जेनजी परिषद् गठन गर्ने।
१६) नेपाल सरकारका सचिवहरू डा. रामप्रसाद घिमिरे र डा. हरिप्रसाद लम्साललाई अनिवार्य अवकाशको जानकारी दिने र उहाँहरूले हालसम्म पुर्याउनु भएको योगदानका लागि नेपाल सरकारको तर्फबाट धन्यवाद दिने।
१७) नेपाल सरकारका राजपत्राङ्कित विशिष्ट श्रेणीका छ जना अधिकृतहरूको वैदेशिक भ्रमण स्वीकृत गर्ने।







