२०८३ कार्तिक १४ गते शुक्रबार

फोहोर राजनीति सफा गर्दै ८२–८७ लाई स्वर्णिमकाल बनाउँछौंः गगन थापा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण १४
gagan_thapa

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चुनावलाई बाध्यताको चुनाव भएको बताएका छन्। नेपाली कांग्रेसले सुर्खेतमा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै उनले अहिलेको चुनाव नेपालका लागि संविधानलाई सही ट्रयाकमा राख्न अनिवार्य सर्तसमेत भएको उल्लेख गरे।

चुनाव सफल बनाउन नेपाली कांग्रेसले आफ्नो भूमिका निर्वाह गरिसकेको बताउँदै उनले फागुन २१ गतेको चुनावको सन्दर्भमा भदौ २३ र २४ गतेका घटनालाई बिर्सन नहुने धारणा राखे।

उनले भने, ‘यो चुनाव बाध्यताको चुनाव हो। यो चुनाव नेपालका लागि अहिले हाम्रो संविधानलाई ट्रयाकमा राख्नका निम्ती अनिवार्य सर्त पनि हो। चुनाव सफल बनाउनका निम्ती नेपाली कांग्रेसले आफ्नो भूमिका निर्वाह गरेको छ। फागुन २१ गतेको चुनावको सन्दर्भमा हामीले भाद्र २३ र २४ गतेको कुरालाई बिर्सेर हुँदैन।’

उनले देशमा अब सरकारको गोलीबाट कुनै नागरिकको ज्यान जान नहुने र कुनै पनि व्यक्तिले नकाब लगाएर सिंहदरबार जलाउने जस्ता गतिविधि गर्न नपाउने अवस्था सिर्जना गर्नुपर्ने बताए। त्यसका लागि चुनावमा जाँदा भदौ २३ र २४ का घटनालाई गम्भीर रूपमा मूल्यांकन गर्नुपर्ने उनको भनाइ थियो।

थापाले केही शक्तिहरूले भदौ २३ र २४ मा भएका घटनालाई इन्कार गर्ने प्रवृत्ति देखिएको आरोप लगाए। ती घटनाअघि सबै कुरा सामान्य थियो भन्ने तर्क गलत भएको उनको जिकिर थियो।

उनले भने, ‘यो देशमा अब सरकारको गोलीबाट कुनै व्यक्तिको ज्यान जानु हुँदैन। यो देशमा कुनै मुकुण्डोधारीले नकाब लगाएर सिंहदरबार जलाउन पनि पाउनु हुन्न। यो अवस्था सिर्जना गर्नुपर्नेछ। त्यसको लागि चुनावमा जाँदै गर्दा भाद्र २३ र २४ लाई हामीले हेर्नैपर्छ। एउटा परवृत्ति छ भाद्र २३ र २४ गते जे भयो त्यसलाई उसले इन्कार गर्छ। २३ र २४ गते अगाडि सबैले दुधभात खाएका थिए देश ठिक थियो। नेपाली कांग्रेस भिन्न सोचका साथ उभिएको छ। नेपालको राजनीति फोहोर भएको छ। गठबन्धनको राजनीतिले नेपालको समग्र राजनीतिलाई दूषित बनाएको छ। त्यसैले नेपाली कांग्रेस एउटा संकल्पका साथ यो फोहोर राजनीतिलाई हामी सफा गर्छौं। यो प्रदूषित राजनीतिलाई हामी सफा गर्छौं। ८२ देखि ८७ सम्मको पाँच वर्ष हामी देश र जनतालाई स्वर्णिमकाल हामी बनाउँछौं भन्ने सपना बोकेर आएका छौं।’

उनले नेपालको राजनीति फोहोर र प्रदूषित बनेको उल्लेख गर्दै गठबन्धनको राजनीतिले समग्र राजनीतिक वातावरणलाई दूषित बनाएको आरोप लगाए।

नेपाली कांग्रेस फरक सोच र संकल्पका साथ अघि बढेको बताउँदै उनले फोहोर तथा प्रदूषित राजनीतिलाई सफा गर्ने प्रतिबद्धता व्यक्त गरे। ८२ देखि ८७ सम्मको पाँच वर्षलाई देश र जनताका लागि स्वर्णिमकाल बनाउने सपना बोकेर कांग्रेस अघि बढेको पनि उनले बताए।

प्रकाशित: २०८२ फाल्गुण १४ गते बिहिबार ०७:२९
प्रतिक्रिया

थप समाचार

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना