२०८३ कार्तिक १४ गते शुक्रबार

उम्मेदवार रुङ्गटाको १० प्रतिज्ञाः ५ वर्षमा १ खर्ब लगानी, ४ हजार युवा रोजगारीको लक्ष्य

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण १५
panil

वीरगञ्ज। नेपाली कांग्रेसका तर्फबाट पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार अनिलकुमार रुङ्गटाले आगामी पाँच वर्षभित्र वीरगन्जमा एक खर्ब रुपैयाँ लगानी भित्र्याउने महत्त्वाकांक्षी प्रतिबद्धतासहित आफ्नो ‘दश सुत्रीय प्रतिज्ञा पत्र’ सार्वजनिक गरेका छन्।

फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवारी दिएका रुङ्गटाले वीरगञ्जको बेरोजगारी समस्या समाधान र आर्थिक समृद्धिको मार्गचित्र प्रस्तुत गरेका हुन्।

बिहीबार वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उम्मेदवार रुङ्गटाले आफू पद र पैसाका लागि नभई वीरगन्जको विकास, सुशासन र पद्धतिका लागि चुनावी मैदानमा उत्रिएको दाबी गरे।

विगतमा निर्वाचित प्रतिनिधिहरू जनताप्रति उत्तरदायी बन्न नसकेको आरोप लगाउँदै रुङ्गटाले भनेन,‘अब शिलान्यासको राजनीति होइन, परिणामको राजनीति चाहिन्छ।’ उनले आफ्नो पहिलो प्राथमिकता ‘पहिले पानी अभियान’ लाई दिएका छन्।

जसअन्तर्गत १०० दिनभित्र पानीको नक्साङ्कन तथा अडिट, बिग्रिएका धारा मर्मत, वर्षाको पानी पुनर्भरण र सिरसिया नदी संरक्षण कार्यक्रम सुरु गरिनेछ।

स्वास्थ्यतर्फ नारायणी अस्पतालको स्तरोन्नति, स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना, आधुनिक ट्रमा सेन्टर र प्रसूति सेवा सुदृढीकरण गर्ने उनको योजना छ।

शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयको डिजिटल पूर्वाधार विकास र उद्योगसँग जोडिएको ’पोलिटेक्निक इन्स्टिच्युट’ स्थापनालाई उनले प्राथमिकतामा राखेका छन्। ‘किताब मात्र होइन, सीप पनि आवश्यक छ,’ उनले जोड दिए।

आर्थिक विकासका लागि ‘वीरगञ्ज आर्थिक स्वतन्त्रता योजना’ अघि सार्दै रुङ्गटाले विशेष वित्तीय क्षेत्रको पहल र एक खर्ब रुपैयाँबराबरको औद्योगिक लगानी भित्र्याउने दाबी गरे। यसबाट करिब चार हजार प्रत्यक्ष रोजगारी सिर्जना हुने र स्थानीय युवालाई प्राथमिकता दिइने उनको प्रतिज्ञा छ।

युवाहरूका लागि ‘युवा उडान कार्यक्रम’, सहुलियत कर्जा र लागुऔषधविरुद्ध संरक्षण अभियान चलाइनेछ। महिला सुरक्षाका लागि सडक बत्ती विस्तार, मातृ स्वास्थ्य सेवा र महिला उद्यम प्रवद्र्धनका कार्यक्रमहरू प्रतिज्ञा पत्रमा समेटिएका छन्।

रुङ्गटाले आफ्नो अन्तिम प्रतिज्ञाका रूपमा ‘स्वच्छ शासन’ को अवधारणा अघि सारेका छन्। उनले निर्वाचित भएपछि आफ्नो कार्यालयलाई ‘जनता कार्यालय’ का रूपमा सञ्चालन गर्ने र १५ दिनभित्र जनताका उजुरीको जवाफ दिने प्रणाली बसाल्ने घोषणा गरे।

‘नेपाली कांग्रेस मेरो आधार हो, तर पर्सा–१ मेरो प्राथमिकता हो,’ रुङ्गटाले भने,‘वीरगञ्जले सधैँ देशलाई अघि बढायो, अब वीरगञ्ज आफैँ पनि सम्मानसहित अघि बढ्नुपर्छ।’

प्रकाशित: २०८२ फाल्गुण १५ गते शुक्रबार ०८:०२
प्रतिक्रिया

थप समाचार

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना