काठमाडौँ: रङको पर्व होलीको आगमनसँगै काठमाडौँको असन इन्द्रचोक क्षेत्रमा रंगीविरंगी कपडा, विभिन्न रङ र होलीको सामग्री किन्ने सर्वसाधारणको भिड लागेको छ। फागुन १८ गते हिमाल/पहाड र १९ गते तराईँमा होली मनाइँदैछ।
यो पर्व विशेषत भारत र नेपालमा मनाईने गरिन्छ। यो पवर्मा विभिन्न रङ्गहरु एक अर्कालाई लगाउने र खुसीयाली साटासाट गरेर्र रमाइलो गरी मनाइन्छ। यसलाई रङ्गहरुको पर्व पनि भनिन्छ। एक आपसमा भएका शत्रुता भुलेर खुसीयाली मनाउँदै रङ्गहरु छ्यापाछ्याप गरेर होली मनाउने प्रचलन छ।












