२०८३ कार्तिक १४ गते शुक्रबार

चटाइदेखि चोकचौतारीसम्म घुलमिल हुन सक्छु, प्राइभेट जेटले पनि महत्व राख्दैन: विनोद चौधरी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण १७
639425133_26284113241214330_4527064969025961453_n

काठमाडौँ: नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार विनोद चौधरीले आफू सामुदायिक स्कुलमा पढेर विद्यार्थी जीवन सुरु गरेको स्मरण गर्दै यहाँका नागरिकसँग घुलमिल हुन कुनै हीनताबोध नरहेको बताएका छन्। बर्दघाट नगरपालिका–७ जिमिरेभारमा आयोजित कोणसभामा उनले अघिल्लो निर्वाचनको परिस्थितिलाई स्मरण गर्दै आफूमाथि लगाइएका निराधार आरोपहरूलाई जनताको विश्वासले परिवर्तन गरिदिएको बताए।

तत्कालीन समयमा आफूलाई विभिन्न संज्ञा दिइएकोले कठिन मोडमा समेत जनताको साथले आफू निर्वाचित भएको उनले बताए। सोही कारण केही विकृत मानसिकताले लगाएका निराधार आरोपहरू चिर्न आफू सफल भएको उनले बताए।

‘म चटाइमा बसेको छु, खटियामा बसेको छु, चोक–चौतारीमा बसेको छु। जस्तोसुकै परिस्थितिमा पनि म घुलमिल हुन सक्छु भन्ने मलाई लाग्छ। यी कुराका अघि प्राइभेट जेटले पनि महत्व राख्दैनन्। म अझै पनि भूइँमै त्यतिकै सन्तुष्टिका साथ बस्न सक्छु,’ उनले भने।

आफू अहिले यहीँको बासिन्दा भएको भन्न पाउँदा गर्वको अनुभूति हुने उनको भनाइ थियो। कठिन मोडमा समेत आफूलाई विश्वास गरेर जनताको घरदैलोमा पुर्‍याइँदा त्यो समयले एउटा उम्मेदवारको कथा मात्रै नभई यो क्षेत्र नै विश्वमा चिनिएको उनको भनाइ थियो।

यो क्षेत्रसँग जोडिँदा आफूलाई ठूलो जिम्मेवारीबोध भएको उल्लेख गर्दै उनले समग्र क्षेत्रको विकासलाई डोर्‍याउन आफू सफल हुने विश्वास व्यक्त गरे। गरिएका राम्रा कामहरूबाट आफ्नो राजनीति ओझेल पर्ने त्रासले विभिन्न लाञ्छनाहरू लगाउने खेल सुरु भएको भन्दै उनले त्यस्ता भ्रममा नपरी गगन थापाको नेतृत्वमा बदलिएको काङ्ग्रेसलाई मतदान गर्न आग्रह गरे।

‘अझै धेरै काम गर्न बाँकी छ। विगतका दिनमा केही सीमाहरू रहे। अब बाँकी रहेका अधुरा विकास–निर्माणलाई अघि बढाउनु छ। छेक्नेहरू आउँछन् तर त्यसलाई चिर्दै अघि बढ्नु छ। मैले जानेकै यही हो,’ चौधरीले भने।

आफूले नवलपुरमा औद्योगिक ग्राम र शाश्वत धाम बनाएको उल्लेख गर्दै अबको जिम्मेवारी यो क्षेत्रका लागि रहने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सचिव कुलदीप आचार्यले विगतका दिनमा पार्टी एक नभएको परिस्थितिमा उम्मेदवार चौधरीको क्षमता र दक्षताको उचित सदुपयोग हुन नसकेकाले अबको निर्वाचनमा चौधरीलाई विजयी गराई विकासको ढोका खोल्न आग्रह गरे। अहिले सिङ्गो पार्टी एकढिक्का भएको र कुनै गुट–उपगुट नरहेकाले पनि काङ्ग्रेसको नेतृत्वमा समृद्ध नवलपरासीको खाका बोकेर चुनावी मैदानमा होमिएको उनले बताए।

प्रकाशित: २०८२ फाल्गुण १७ गते आईतबार ०५:०२
प्रतिक्रिया

थप समाचार

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना