२०८३ कार्तिक १४ गते शुक्रबार

झापा–४ मा १४ वर्षदेखि चहराइरहेको एउटा घाउ, जुन मुद्दाले आफ्नो प्रभाव बलियो पार्दैछन् थेबे

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण १८
deukumar_thebe

झापा: प्रतिनिधिसभा निर्वाचनका लागि अब मात्रै ३ दिन बाँकी छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सोमबार  दलका उम्मेदवार तथा कार्यकर्ता अन्तिम दिनको चुनावी प्रचारप्रसार र घरदैलोमा छन्। झापा–४ मा पनि चुनावी सरगर्मी उत्कर्षमा पुगेको छ। जहाँ यसपालिको चुनावमा प्रमुख एक मुद्दा बनेको छ कन्काई नदीको अधुरो पुल।

झापा–४ मा पर्दछ शिवशक्ति नगरपालिका र झापा गाउँपालिका अनि गौरिदह नगरपालिकाको केही र गौरिगञ्ज गाउँपालिकाको ठूलो हिस्सा।

हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ जोड्ने ७२३ मिटर लामो कन्काई पुल निर्माण सुरु भएको १४ वर्ष बितिसक्दा पनि ५६ प्रतिशत मात्र काम हुनु यहाँका मतदाताका लागि एउटा चहराइरहने घाउ बनेको छ। ३४ करोड ९ लाखको लागतमा सुरु भएको यो पुल निर्माणमा भएको ढिलासुस्ती र ठेक्का रद्दका कारण यतिवेला अन्योलको अवस्थामा छ। त्यसको आक्रोश छ यहाँका मतदाताहरूमा। उनीहरूको एउटै प्रश्न छ– कन्काई पुल कहिले बन्छ?

त्यसलाई प्रमुख मुद्दाका रूपमा अघि सारेका छन् झापा–४ बाट नेपाली कांग्रेसका उम्मेदवार देउकुमार थेवे लिम्बूले। यो मुद्दासहित उनले अगाडि सारेका प्रतिबद्धताहरूका कारण यस क्षेत्रमा थेबेले आफ्नो प्रभाव बलियो पार्दै गएका छन्।

थेबे झापा जिल्ला कांग्रेस सभापति हुन्। उनी यसअघि २०७९ र २०७४ मा पनि यही क्षेत्रमा चुनावी प्रतिस्पर्धामा थिए। तर दुवैपटक नेकपा एमालेका लालप्रसाद साँवा लिम्बूसँग पराजित भए।

२०७४ मा १६ हजार बढी मतान्तरले पराजित भएक थेबे २०७९ मा त्यो मतान्तर ६ हजार ८६७ मा झार्न सफल भएका थिए। तर दुवैपटक निर्वाचित भएर सरकारमा सहभागी भए पनि एमालेबाट स्थानीय समस्या समाधान हुन नसक्दा यसपालि यहाँका मतदाताहरू मत फेर्ने मुडमा देखिन्छन्। थेबे भन्छन्, ‘मतादातालाई भेट्न पुग्दा पहिलो समस्या नै उनीहरूले पुल निर्माणबारे बताउँछन्। यसअघिका प्रतिनिधिले त्यसका लागि पहल नगरेकाले पनि जनता फेरिने मुडमा देखिएका छन्।’ पुल निर्माणसहित झापा ४ को विकासलाई प्रमुख एजेन्डा बनाएका थेबे यसपालि ढुक्क जस्तो देखिन्छन्।

विशेष महाधिवेशनबाट फेरिएको कांग्रेसका कारण पनि त्यसको प्रभाव यस क्षेत्रमा परेको देखिन्छ। कन्काई पुल नबनेका कारण स्थानीयमा देखिएको आक्रोश र निराशालाई आशामा बदल्न सक्ने उम्मेदवारका रूपमा मतादाताले थेबेलाई हेरेकोमा उनीहरू विशेष महाधिवेशनबाट कांग्रेसको नेतृत्व गगन थापाले सम्हालेका कारण पनि आशा पलाएको स्थानीय बताउँछन्। यसअघि एमालेलाई मत दिएका एक स्थानीय नाम नखुलाउने सर्तमा बताउँछन्, ‘यसपालि विगतमा जस्तो उधारो आश्वासनमा हामी अल्मलिँदैनौँ। भोट परिवर्तन गर्छौँ।’ विगतदेखि नै थेबेले कन्काई पुलसहितका विषयलाई प्रमुख मुद्दा बनाएकाले उनीप्रति आशावादी रहेको उनको भनाइ छ।

स्थानीय मुद्दामा भिजेको र जिल्लाकै नेतृत्व सम्हालेको हुनाले थेवेप्रति मतदाताको भरोसा बढी देखिएको कांग्रेस समर्थकहरूको दाबी छ।

झापा ४ मा १ लाख ३० हजार ७११ मतदाता रहेका छन्। उसो त थेबेलाई उनले दाबी गरेजस्तो सहज भने छैन। यहाँ यसअघि दुईपटक निर्वाचित एमालेका लिम्बू उम्मेदवार छन्। पछिल्ला ३ निर्वाचनमा निरन्तर एमालेले जित्दै आएका कारण पनि थेबेलाई एमालेको गढ भत्काउन त्यति सहज भने छैन। यस्तै जेनजी आन्दोलनपछि बलशाली देखिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शम्भुप्रसाद ढकाललाई अघि सारेको छ।

यस्तै नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का  पुरुषोत्तम चुडाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का भक्तिप्रसाद सिटौलासहित १६ उम्मेदवार यहाँ रहेका छन्। बलिया र परम्परागत दलभन्दा नयाँ र वैकल्पिक दलमा देशव्यापी ह्विम बढिरहेको बेला थेबेलाई यहाँ त्यति सहज नभए पनि स्थानीय मुद्दा र विकास योजनाका कारण यसपालि कांग्रेसप्रति स्थानीयको अपेक्षा देखिएको दाबी उनी गर्छन्।

स्थानीय मुद्दा, नयाँ दलप्रतिको आकर्षणलगायतले अबको झापा ४ ले कस्तो दिशा लिनेछ भन्ने भने आगामी फागुन २१ पछिको निर्वाचनबाट मात्रै टुंगो लाग्नेछ।

प्रकाशित: २०८२ फाल्गुण १८ गते सोमबार ०१:००
प्रतिक्रिया

थप समाचार

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना